नेकपा एमाले बूढानीलकण्ठ ११ को सम्मान तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न ! (फोटो फिचर)



काठमाडौं । नेकपा एमाले बूढानीलकण्ठ नगरपालिका वडा नं. ११ ले नेकपा एमालेबाट निर्वाचित पूर्व तथा निवर्तमान जनप्रतिनिधिहरुलाई नेकपा एमाले स्थायी कमिटी सदस्य डा. राजन भट्टराईको प्रमुख आतिथ्यतामा सम्मान गरेको छ ।

कपन गाउँ विकास समिति हुँदादेखि नेकपा एमालेबाट निर्वाचित हाल वडा नं. ११ भित्र पर्ने सबै जनप्रतिनिधिहरुलाई प्रमाण पत्र र अविर लगाई सम्मान गरेको छ । पार्टीमा विगतदेखि योगदान पुर्याएका पार्टी कार्यकर्ताहरुलाई समयक्रमसँगै विर्सने प्रवृति घटाउन सम्मान गरिएको पार्टी वडा कमिटीका अध्यक्ष कृष्ण प्रसाद भट्टराईले परिवर्तन खबरलाई बताए ।

सम्मान कार्यक्रमकै अवसर पारी नेकपा माओवादी नगर कमिटी सदस्य हरिभक्त गिरीको नेतृत्वमा ११ जनाको टोली र नेपाली काँग्रेसबाट कालुराम लामाको नेतृत्वमा ३ जनाले नेकपा एमाले प्रवेश गरेका छन् ।

नवप्रवेशीहरुलाई माला, अविर लगाई डा. राजन भट्टराईले पार्टीमा स्वागत गर्दै पार्टीले क्षमता र योग्यताको आधारमा पार्टीभित्र जिम्मेवारी दिने समेत बताए ।

वडा कमिटी अध्यक्ष कृष्णप्रसाद भट्टराईको अध्यक्षता, वडा सचिव अंकुर पौडेलले संचालन गरेको कार्यक्रममा उपाध्यक्ष प्रकाश कटुवालले स्वागत भाषण गरेका थिए भने नगरप्रमुख मिठाराम अधिकारी, वडाध्यक्ष राजु अधिकारी, निर्वतमान नगरप्रमुख उद्धव खरेल, प्रदेश कमिटी सदस्य संगम गहतराज, जिल्ला कमिटी सदस्य जयराम थापा लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्