के तपाइँ त डुबिरहनु भएको छैन समयमै विचार गर्नुस !



अहिले बजारमा जताततै सहकारीहरु भागिरहेको र जनतालाई डुबाएको सुनिन्छ । तर पनि कुनै पनि भागेका  सहकारीहरुलाई कारबाही भएको छैन । यसरी जनताको पैसा लिएर भाग्ने सहकारीलाई  सहकारी विभाग, वडा र नगरपालिकाले कुनै कारबाही तथा अनुगमन गरेको पाइदैँन। । यसरी दिनहुँ जनताको पैसा लिएर कति सहकारी संस्थाहरु भागिसकेका छन् । सहकारीमा पैसा राख्ने जनताको घरमा रुवाबासी भइरहेको छ । जनताले बुभmदै नबुझी सहकारीमा र्पैसा जम्मा गर्दा आज जनता आफ्नो जीवनभरको कमाइ पाउनबाट वञ्चित भएका छन्  । सरकारले यसरी जताततै सहकारीहरुलाई दर्ता गर्ने दिँदा आज सहकारीहरुले जनताको घरमा रुवाबासी चलाएको छ । जनतालाई यस्तो नराम्रोसँग ठग्दा पनि सरकार निरिह बनेर बसिरहेको छ ।

अहिले बजारबाट दिनहुँ रुपमा उपत्यकाबाट मात्रै ५ ओटासमेत सहकारी संस्थाहरु भागिरहेका छन् । उपत्यकाबाहिर जिल्लाबाट सहकारी भाग्ने काम अहिले धेरै बढिरहेको पाइन्छ ।  यसरी सहकारी संस्थाहरु जनताको बचत लिएर भाग्दा पनि जनतामा चेतना अहिलेसम्म  आएको छैन ।  जनताहरु अहिले पनि सहकारीमा आफ्नो पैसा जम्मा गरिरहेका छन् ।

सहकारीहरुले अहिले पनि ब्याजको प्रलोभमा जनताहरुलाई फसाई बजारबाट पैसा निरन्तर उठाइरहेको पाइन्छ । अहिले जनताहरुले आफ्नो बचत तथा पुँजी सहकारी संस्थाहरुमा राखी नै रहेका छन् । सहकारीका सञ्चालकहरुले महंगो तथा मिटर ब्याजमा कर्जा दिएर जनताको उठिबास लगाइरहेका छन् । अब जनताको मनमा सहकारीहरु लुट र ठग हुन् भन्ने चेतना आउन आवश्यक रहेको छ ।  यसरी जनताको जीवनभर मेहेनतले कमाइको पैसा ठगेर भाग्न सहकारी संस्थाहरुलाई लाज छैन । सहकारीको यस्तो  लुट र ठगको धन्दा बन्द गर्न अब निकै आवश्यक रहेको छ ।

त्यस्तैगरी जनता पनि ब्याज तथा कर्जाको लोभमा परी सहकारीहरुमा विश्वास गरी पैसा तथा पुँजी राख्ने गर्छन् तर अब जनताले आफनोे बचत राख्ने काम बन्द गर्न आवश्यक रहेको छ  ।अब सहकारीहरुको ठगको धन्दामा सञ्चारकर्मीहरुले कलम चलाउनुपर्छ र जनता सडकमा उत्र्रिनुपर्छ । सहकारीहरुले राजनैतिक पार्टीहरुको आडमा यसरी जनताहरुलाई नराम्ररी लुटिरहेका छन्  । सहकारीमा मान्छेले पनि भ्रष्टचार गरेको कालो धन लुकाएर राख्ने गर्दछन् ।

सहकारीमा भने पैसा जम्मा गर्ने मानिसहरुलाई थोरै ब्याज दिने गरिन्छ । सहकारीमा पैसा डिपोजिट गर्ने मानिसहरुलाई ३ देखि १० प्रतिशत मात्र ब्याज दिने गरिन्छ भने कर्जा लगानी गर्दा १९ देखि ४२ प्रतिशत सम्म लगानी गर्ने गरिन्छ । यसरी ३ प्रतिशत सेवाशुल्क लिने  र पेनाटी लिने गर्दछ । सहकारीहरुले  घुस खाएर १ करोडको जेथो वा धितो राखेर ७० लाख मात्र दिने, १० लाख रुपैँया घुस खाने र कर्जा खाने मानिसलाई ३ कित्ता तिरेन भने त्यो धितो नै लिलाम गर्ने गर्दछन् ।

त्यस्तै सहकारीहरुले कर्जा खाने मानिसहरुलाई सुकुम्बासी बनाईदिने वा सडकमा पुप्याउने काम गर्दछन् । यता त्यो लिलाम गरेको धितो आफ्नो आफन्तहरुलाई सस्तोमा भिडाउने काम गर्ने गर्छन् । कि त अर्को मानिसहरुलाई त्यो १ करोडको धितो १ करोड २० लाखमा बेच्ने काम गर्छन् र ९० लाख रुपैँया त्यो धितोको लोन मिलाउने गर्दछन् । त्यस्तै त्यो मानिससँग भएको पैसा ३० लाख लिने र ९० लाख रुपैँया त्यहँी मानिसलाई ऋण बोकाउने काम गर्दछ ।

यसरी घरजग्गा , सेयर र गाडि धितोमा राखी सहकारी र बैंकबाट लोन लिएको मानिसलाई घुमाइघुमाइ बैंक तथा सहकारीहरुले उसको जेथो धितो खाने गर्दछ । मानिसलाई सडकछाप बनाउन्छ । बैंक तथा सहकारी जस्ता वित्तिय संस्थाहरुका कारण कतियौँ मानिसहरु मृत्युको मुखमा पुगेका छन् । अहिले धेरै जनताहरु बैंक तथा सहकारी संस्थाहरुका कारण डुबिरहेका छन् ।

बैंक तथा सहकारी संस्थाहरुले धनी मान्छे त देख्नु नै हुदैँन ।यस्ता संस्थाहरुले पहिला थोरै ऋण दिने गर्छ र पछि सबै घरजग्गा ,सेयर तथा गाडि नै उठाउने गर्दछ । बैंक फाइन्स तथा सहकारीहरु जनताको सेवाका लागि खुलिएको भन्ने गरिन्छ तर  यिनीहरु उल्टै जनतालाई डुबाउने काम गर्छन् । यि वित्तिय संस्थाहरु सेवक होइनन् ,ठगहरु हुन् । यस्ता ठगहरुलाई कारबाही गर्न न त नेपालको कानुनी व्यवस्थाले नै सक्छ न त अर्थमन्त्रालयले नै सक्छ  । 

सहकारीलगायत बैंक तथा फाइन्सहरुले धेरै मानिसहरुको घरजग्गाहरु खाएर रुनु न मर्नु जस्तो अवस्थामा पुप्याएको छ । यसरी सहकारी र बैंकहरुले आफ्नो फाइदाका लागि सिधासाधी जनताहरुलाई फसाइरहेका छन् । त्यस्तै सहकारी महासंघ र बैंकहरुको महासंघमा सबै राजनैतिक पार्टीका मानिसहरु संलग्न रहेका छन् । सहकारी र बैंकहरुले जति जनता ठगेकाहुन्छन् त्यसमा पनि पर्दा भित्र बसेर राजनैतिक दलको सहयोग नै रहेको हुन्छ ।

राजनीतिक आडमा सहकारी तथा बैंकहरुले जनतालाई यसरी लुटिरहेका छन् । अब पनि सहकारी र बैंकहरुको ठगिधन्दाको विषयमा सञ्चारकर्मीहरुले आफ्नो कलम नचलाउने हो भने अब पनि कतियौँ जनताहरु ठगिने छन् ।  जनता ठग्ने सहकारी र बैंकहरुले सञ्चारकर्मीहरुलाई विज्ञापन दिएर आफ्नो ठगि धन्दा लुकाइरहेका छन् । सञ्चारकर्मीहरु पनि विज्ञापनको प्रलोभनमा परी बैंक र सहकारीहरुको यस्तो ठगि र लुटको धन्दा देखेर पनि नदेखेको झौ गरेर बसिरहेका छन्  ।

अब पनि जनतामा चेतना आएन भने सहकारी तथा बैंकहरुले कतियौँ जनताहरुलाई ठग्ने छन् ।त्यसकारण अब जनतामा पनि चेतना आउनुपर्छ । एकजनाले लगेर बैंक तथा सहकारी संस्थामा पैसा डिपोजिट गर्छ अर्कोले त्यहँी पैसा धितो राखेर कर्जा लिन्छ । त्यस्तै बैंकमा पैसा डिभोजिट गर्ने मानिसले ६ देखि ७ प्रतिशत ब्याज पाउँछ  । तर यता भनी कर्जा खाने मानिसहरुले १६ देखि १८ प्रतिशत ब्याज तिर्नुपर्छ ।

 यसरी बैंक तथा सहकारीमा पैसा जम्मा गर्ने मानिसलाई एउटा भौचर र चेक मात्र दिने गर्दछ भने कर्जा खाने मानिसको ५० लाखको धितो लिन्छ र १५ लाखको कर्जा दिने गर्छ । तर त्यँही पनि घुस खाएर दिने गर्दछ । त्यस्तै गरी एकजनाले लगेर सस्तोमा पैसा राख्छ अर्कोले महंगोमा कर्जा लिन्छ र बिचको सबै नाफा सहकारी तथा बैंक मिलेर खाने गर्दछ । यसरी वित्तिय संस्थाहरुले जनता ठग्ने काम गरिरहेका छन् ।

अब पनि जनतामा चेतना नआएनमा धेरै जनता ठगिने छन् त्यसकारण जनताले अब सहकारी तथा बैंकहरुमा आफ्नो पैसा राख्न छोड्नुपर्छ । हामीले लगेर आफ्नो बचत सहकारी तथा बैंकमा राख्दा हामीलाई नै कम ब्याज दिएर ठगिन्छ र हाम्रै पैसा अरुलाई महंगो ब्याजमा लगाई अरुलाई सुकुम्बासी वा सडकछाप बनाउने गरिन्छ । सहकारी र बैंकको यसरी जनता ठग्ने रणनीति अब जनताले बुझ्रनुपर्दछ ।

बैंक तथा सहकारीहरुमा आफ्नो पैसा डिपोजिट गर्ने मानिसहरुलाई महिना नमरी ब्याज दिने गर्दैन । कर्जा लिने मानिसले भने कर्जा लिएको दिनदेखि कर्जा चुक्ता गर्ने दिनसम्मको महँगो ब्याज दिनुपर्छ ।  त्यस्तै गरी सहकारी तथा बैंकहरुमा खाता खाल्ने मानिसहरु केहि दुर्घटनाका कारण मप्यो भने उसको आफन्तहरुलाई उसको बचत गरेको पैसा थाहा  छ भने दिने गर्दछ तर थाहा छैन भने त्यहाँका अध्यक्ष, सञ्चालक चेयरमेन मिलेर खाने गरिन्छ ।

सहकारी तथा बैंकहरुले जनतासँग पैसा लिन बुढाबुढी तथा जेष्ठनागरिकहरुलाई सम्मान गर्ने बच्चाहरुलाई बचत खाता भनेर खाता खोल्न लगाउने गर्दछन् । सहकारी संस्थाहरुले जनतासँग भएको पैसा बजार प्रतिनिधि खटाएर दिनँहु रुपमा लग्ने गर्दछ तर जनता भने आफ्रनै बचत झिक्न जाँदा विभिन्न समस्या तथा बहाना देखाउने गर्दछ । सहकारी संस्थाहरुले जनताको बचत न त झिक्न नै त दिन्छ न त ब्याज र साँवा नै दिने गर्दछ ।

अहिले सहकारी तथा बैंकहरुमा जाँदा त्यहाँका अध्यक्ष तथा चेयरमेन भेटिदैँन । यता बजारबाट जनताले  सहकारीहरुमा पैसा राख्न छोडिसकेका छन् । अहिले बैंकहरुले १ लाखको चेक साट्दैँनन् र सहकारीहरुले २५ हजारको चेक साट्दैँनन । अहिले सहकारीहरुले ६ महिनादेखि त्यहाँका कर्मचारी तलब दिएको छैन भन्ने सुनिन्छ  भने सहकारी सञ्चालन गरेको घरको घरभाडा पनि दिएको छैन भन्ने सुन्नमा आएको छ  । सहकारी तथा बैंकहरुमा आफ्नो पुँजी जम्मा गर्ने मानिसहरु अब पनि  आफ्नो रकम सुरक्षित छ भनेर नबसौँ किनभने सहकारी तथा बैंकहरु भाग्न सुरु भइसकेका छन्  । बजारबाट एउटा बजार प्रतिनिधिले एक दिनमा ३ लाखदेखि ६ लाखसम्म उठाउने गर्थे तर अहिले एक दिनमा १० हजार पनि उठाउन गाह्रो भइसकेको छ । अब जनताले सहकारीहरुमा पैसा राख्न छोडिसकेका छन्  ।

कति सहकारीहरुले साधारण सभा पनि गरेका छैनन् । राज्यलाई कर पनि तिरेका छैनन् अडिर गर्दा वा कागजपत्र रिनु गर्दा घुस खुवाएर रिनु गरीरहेका छन् । अहिले सहकारी तथा बैंकहरुले धितो राखेर लगानी गरेको कर्जा धितोको मूल्य घटेर गुन्द्रकको भाउमा आएको छैन । अहिले घरजग्गा तथा गाडिहरुको किनबेच तथा मुल्य घटेको छ । एकवर्ष अघि आनाको ५० लाखमा किनेको जग्गा अहिले १० लाखमा बिक्री हुन पनि धौँधौँउ हुन्छ  एकवर्ष अघि एक कित्ता सेयर ४ हजार पर्ने अहिले १०० रुपैँयामा बिक्री हुदैँन ।

एक वर्ष अघि १० लाखमा किनेको सवारीसाधन अहिले १ लाखमा बिक्री हुदैँन । सहकारी तथा बैंकहरुमा आफ्नो पैसा राख्ने मानिसको रुवाबासी भइरहेको छ । किनभने सहकारी तथा बैंकहरुले आफ्नो सबै लगानी घरजग्गा तथा सेयरहरुमा गरेका छन् र यिनीहरु सबैको मुल्य घटेर यि संस्थाहरु भाग्नु कि बस्नु भन्ने अवस्थामा पुगेका छन् ।सहकारीहरुले डिपोजिट गर्ने मानिसहरुको अहिले  ५ हजार रुपैँया पनि फिर्ता गर्न सक्दैँनन् ।  अहिले सहकारी तथा बैंकहरुमा आफ्नो पैसा निकाल्ने मानिसहरु कमिलाको ताँती लगेका जसरी संस्थाहरुको बाहिर पैसा निकाल्न कुरेर बसिरहेका छन् । के तपाइँहरु प्नि डुबि त रहनु भएको छैन समयमै विचार गर्नुस ।

प्रतिक्रिया दिनुहोस्