बूढानीलकण्ठ २ को रुद्रेश्वर महादेव मन्दिरका ६४ शिवलिंगमा गरियो प्राण प्रतिष्ठा



काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीको प्रमुख आतिथ्यतामा वडा नं २ मा रुद्रेश्वर महादेव मन्दिरमा विशेष पुजा गरी ६४ शिवलिंगमा प्राण प्रतिष्ठा गरिएको छ।

साउनको पहिलो सोमबार साँझ ६४ शिवलिंग राखेर विशेष पूजा मार्फत प्राण प्रतिष्ठा गरिएको मन्दिर व्यवस्थापन समितिकी सचिव निशा बरालले परिवर्तन खबरलाई बताईन। रुद्रमतिको तटमा रहेको रुद्रेश्वर मन्दिर परापूर्वकालदेखि सञ्चालनमा रुद्रेश्वर मन्दिर स्कन्द पुराणमा उल्लेख भएकाे रूद्रेश्वर मन्दिर भएको स्थानीयको दावी छ।

बूढानीलकण्ठ नगरपालिका, स्थानीय भक्तजन र अन्य दाताहरुको पहलमा रुद्रेश्वर मन्दिरमा ६४ शिवलिङ्ग स्थापना गरिएकाे हाे । रूद्रेश्वर महादेव मन्दिरमा चार पुस्तादेखि पौडेल कुलद्वारा मन्दिरमा नित्य पूजा आरती सञ्चालन भैरहेको मन्दिरका मूल पुजारी विकासप्रसाद पौडेलले बताएका छन्।

कार्यक्रममा उपप्रमुख अनिता लामा, बूढानीलकण्ठ मन्दिर व्यवस्थापन समितिका पूर्व अध्यक्ष जयराम थापा लगायत स्थानीय भक्तजनको बाक्लो उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्