गत आर्थिक वर्षमा बूढानीलकण्ठ नगरपालिकाले उठायो ३० करोड ९६ लाख राजश्व



काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाले आन्तरिक श्रोत अन्तर्गत आर्थिक वर्ष २०७८/०७९ मा  ३० करोड ९६ लाख २७ हजार रुपैयाँ बराबरको राजश्व सङ्कलन गरेको छ ।

आर्थिक वर्ष २०७७/०७८ मा नगरपालिकाले रु. २७ करोड ६५ लाख राजश्व संकलन गर्ने लक्ष्य राखेकोमा असार मसान्तसम्म निर्धारित लक्ष्य भन्दा १२ प्रतिशत बढी राजश्व संकलन गरेको राजश्व महाशाखा प्रमुख अच्युत खड्काले परिवर्तन खबरलाई बताए । 

नगरपालिकाले आन्तरिक रुपमा उठाउने विभिन्न शीर्षक मध्ये सबैभन्दा बढी राजश्व सम्पति करबाट ८ करोड ३२ लाख २८ हजार ९ सय ५७ उठेको छ भने सबैभन्दा कम राजश्व सेवा शुल्क वापत १ लाख ६४ हजार ३ सय १९ संकलन भएको खड्काले जानकारी दिएका छन् । 

राजश्व संकलनको विवरण :

मालपोत कर : रु. २४,८३,४०७
सम्पति कर : रु. ८,३२,२८,९५७
बहाल कर : रु. ६,७८,५२,१५८.९३
व्यवसाय रजिष्ट्रेशन दस्तुर कर : रु. १,८७,०९,३९२.६८
सिफारिस दस्तुर : रु. २,९०,१४,१६९.९६
नक्सापास दस्तुर : रु. ६,३३,७०,५२८.५९
अन्य सेवा शुल्क : रु. १,६४,३१९.४०
व्यक्तिगत घटना : रु. ५,१२,४००.००
अन्य दस्तुर : रु. २,५०,२१,३५८.१५
अन्य राज्श्व : रु. १,३९,१४,०५६.८०

प्रतिक्रिया दिनुहोस्