भक्तजनको सेवामा तल्लीन देखियो तिलगंगा महिला समूह !



काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. ८ स्थित तिलगंगा महिला समूहले साउनको पहिलो सोमबार पशुपतिनाथ मन्दिर परिसरमा भक्तजनको सेवा र मन्दिरको सरसफाईमा स्वयमसेवी भूमिका निर्वाह गरेको छ ।

समूहले मन्दिर परिसरमा दर्शनार्थीले ल्याएका धुपका खोल, प्लाष्टिक र अन्य फोहोर लाइनमै दर्शनार्थीसँग मागेर उचित व्यवस्थापन गर्दै र जथाभाबी फोहोर नगर्न र फालिएका फोहोर उठाउँदै सचेतना फैलाएको छ । 

अरू स्वयम्सेवक भन्दा अलिक फरक उहाँहरूको काम प्रती भक्तजनले आश्चर्य  मानेका थिए । मान्छे राम्रो छन् तर फोहोर टिप्ने काम पो गर्दा रहेछन भनेर  भक्तजनले भनेको सुनेर समूहकी अध्यक्ष आशा पाण्डे भन्छन्, ‘अझै मान्छेमा चेतना छैन । धर्म गर्न आउने, पशुपति क्षेत्रमा जथाभावी फोहोर गरेर हिड्दा पुण्य कमाउदै भन्ने हेक्का छैन ।’

प्रतिक्रिया दिनुहोस्