किर्ते कागजात प्रकरणमा वडाको कुनै संलग्नता छैन : वडाध्यक्ष भट्टराई



काठमाडौं । बूढानीलकण्ठ नगरपालिका वडा नं. १२ का वडाध्यक्ष शम्भु भट्टराईले मतदाता नामावली दर्ताका लागि तयार गरिएको फर्जी कागजात (किर्ते बसाँईसराई) प्रकरणमा वडाको कुनै पनि संलग्नता नरहेको बिज्ञप्ती मार्फत स्पष्ट पारेका छन् ।

वडाध्यक्ष भट्टराईले सूचना जारी गर्दै जिल्ला समन्वय समिति (जिसस)को भवनमा मतदाता नामावली दर्ता गर्ने क्रममा बसाईसराई प्रमाण पत्रमा नक्कली सहि प्रयोग गरेर तयार गरिएका कुनै पनि कागजात वडा कार्यालयमा दर्ता नरहेको स्पष्ट पारेका छन् ।

विभिन्न सामाजिक संजाल र संचार माध्यममा वडा कार्यालयको संलग्नता रहेको भनेर झुटो र कपोकल्पित प्रचार गरिएकोमा वडाध्यक्ष भट्टराईले दुःख ब्यक्त गरेका छन् ।

बूढानीलकण्ठ नगरपालिका वडा नं १२ द्वारा जारी गरिएको बिज्ञप्ति :

प्रतिक्रिया दिनुहोस्