काठमाडौं ४ मा काँग्रेसले बनायो चुनाव केन्द्रित ९ विभाग (सूचीसहित)



काठमाडौं । नेपाली काँग्रेस काठमाडौं क्षेत्र नं ४ ले आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा पार्टी उम्मेद्वार जिताउन विभिन्न ९ वटा विभागको संयोजक चयन गरेको छ ।

काँग्रेस क्षेत्रीय पार्टी सचिव बद्री भट्टराईका अनुसार पार्टीको सल्लाहकार समितिमा आत्माराम पौडेल, कृष्ण बिसी, विमल कोइराला, अनार बस्नेत, महेन्द्रराज श्रेष्ठ, मुकुन्द ढुङ्गाना र किरण रेग्मीलाइ चयन गरी क्रमशः सदस्यहरु थपिँदै जाने निर्णय गरिएको छ ।

पेशाकर्मी बुद्धिजीवी सल्लाहकार समितिमा इन्जिनियर ध्रुव थापा संयोजक र डा. मिलन गड्तौलालाई सचिव तोकिएको छ ।

सूचना, संचार तथा प्रचार विभागको संयोजकमा प्रवेश लामिछाने, प्रशिक्षण नीति तथा योजना विभागमा बद्री भट्टराई, महिला, लैङ्गिक समानता तथा शान्ति सुरक्षा कल्याण विभागको संयोजकमा जया भण्डारी, आर्थिक विभागमा रामविनोद लामिछाने, अनुगमन, मूल्याङ्कन तथा अभिलेख विभागमा रमेश भुषाल, युवा तथा खेलकुद विभागको संयोजकमा मिलन जोशी चयन भएका छन् ।

यसबाहेक स्वास्थ्य विभागमा कमला खनाल, शान्ति सुरक्षा तथा प्रशासन विभाग श्याम तिमिल्सिना र भातृ संघ एवम् समन्वय विभागमा महेन्द्र श्रेष्ठलाई संयोजक तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्