चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभाग प्रमुख लिउद्वारा नेकपा एमाले बूढानीलकण्ठ  पार्टी कार्यालयमा अन्तरक्रिया



काठमाडौं । नेकपा एमाले विदेश विभाग प्रमुख डा. राजन भट्टराईको विशेष निमन्त्रणामा चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ चियान छाओले नेकपा एमाले बूढानीलकण्ठ नगर कमिटीको कार्यालयमा गई स्थानीय पार्टी नेतासँग अन्तरक्रिया गरेका छन् ।

नेपालको ४ दिने भ्रमणमा रहेका नेता लिउ सहितको टोलीले बूढानीलकण्ठ नगर कमिटी र वडा नं ८ का वारेमा जानकारी लिनुका साथै नेकपा एमालेको स्थानीय कमिटी परिचालन र संचालनका वारेमा जानकारी लिएका थिए ।

नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा विदेश विभाग प्रमुख डा. राजन भट्टराई, प्रदेश कमिटी सदस्य तथा बूढानीलकण्ठ नगर प्रमुख मिठाराम अधिकारी, जिल्ला कमिटी सदस्य तथा नगर उपप्रमुख अनिता लामा, नगर कमिटीका अध्यक्ष प्रदिप डंगोल, उपाध्यक्ष शम्भु भट्टराई, सचिव श्रीकृष्ण श्रेष्ठ, उपसचिव धोर्जे लामा र सुनिता गुरुङ सहित वडा नं १३ र ५ का साँस्कृतिक समूहले चिनियाँ टोलीलाई नगर तथा वडा कार्यालयमा स्वागत गरेका थिए ।

नेपालका कम्युनिष्ट पार्टीका स्थानीय कमिटीहरुको अवस्था, संचालन प्रक्रिया र सहभागिताका वारेमा जानकारी लिने चिनिया टोलीको तालिका अनुसार बुढानिलकण्ठ नगरपालिका वडा नं ८ मा रहेको कार्यालयमा अवलोकन भ्रमण गरिएको नगर कमिटीका अध्यक्ष प्रदिप डंगोलले जानकारी दिएका छन् ।

चिनिया टोलीको सो भ्रमणका अवसरमा बुढानिलकण्ठ नगरपालिकाका वारेमा अध्यक्ष प्रदिप डंगोलले जानकारी गराएका थिए भने संगठन र त्यसको अवस्थाका वारेमा सचिव श्रीकृष्ण श्रेष्ठले ब्याख्या गरेका थिए।

२०७९ सालको स्थानीय तहको निर्वाचनमा काठमाडौं उपत्यकामै नेकपा एमालेले सानदार जितप्राप्त गरेको बूढानीलकण्ठ नगरपालिकामा चिनियाँ विदेश विभाग प्रमुखको आगमन हुनु निकै सुखद कुरा रहेको भन्दै नगर कमिटी अध्यक्ष डंगोलले  सो टोलीले निकै शुक्ष्म रुपमा संगठन र परिचालनका वारेमा जिज्ञाशा राख्नुका साथै आगामी दिनमा थप सहकार्यका वारेमा कुरा भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्