भारी मतान्तरले उच्च अदालत पाटन बारको अध्यक्षमा शान्तिराम खतिवडा निर्वाचित



काठमाडौं । नेपाल बार एसोसिएसन उच्च अदालत पाटनको अध्यक्षमा भारी मतान्तरले प्रगतिशिल प्यानलका शान्तिराम खतिवडा निर्वाचित भएका छन् ।

असार २५ गते सम्पन्न बारको निर्वाचनमा अध्यक्षका प्रत्यासी खतिवडाले प्रतिद्वन्दी रामकृष्ण शर्मालाई ७९५ मतका फराकिलो मतान्तरले पराजित गरेका हुन् । खतिवडाले १०६६ मत प्राप्त गर्दा प्रतिद्वन्दीले २७१ मत प्राप्त गरेका थिए ।

त्यस्तै उपाध्यक्षमा रामचन्द्र न्यौपाने विजयी बनेका छन भने सचिवमा रबिन्द्र कुमार ढुंगाना विजयी भएका हुन् ।  न्यौपानेले १०२३ मत प्राप्त गरेका छन भने ढुंगानाले १०४८ मत प्राप्त गरेका छन् ।

निर्वाचन परिणाम:

प्रतिक्रिया दिनुहोस्