बूढानीलकण्ठ १३ मा बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न



काठमाडौं । साँस्कृतिक शहर बूढानीलकण्ठ नगरपालिका वडा १३ स्थित चुनिखेलमा बृहत बृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ ।

वडा कार्यालयद्वारा आयोजना गरिएको बृक्षारोपण कार्यक्रममा नगरप्रमुख मिठाराम   अधिकारी, उपप्रमुख अनिता लामा, वडाध्यक्ष टिका नारायण श्रेष्ठ (टिकेश) ले संयुक्त बिरुवा रोप्दै वृक्षारोपण कार्यक्रम उद्घाटन गरेका हुन् ।

साँस्कृतिक रुपले धनी गाउँ चुनिखेलको सौन्दर्यकरण अझ बढाउन मौसम अनुसार फुल फुल्ने आकर्षक बोटबिरुवाहरु रोप्ने वडाध्यक्ष श्रेष्ठले परिवर्तन खबरलाई बताए ।

प्रतिक्रिया दिनुहोस्