सिक्किमका पूर्व मुख्यमन्त्री पवन चाम्लिङ्ग अन्तर्राष्ट्रिय शान्ति पुरस्कारबाट सम्मानित



काठमाडौं । सिक्किमका पूर्व मुख्यमन्त्री पवन कुमार चाम्लिङ्ग डा. डिल्लीरमण रेग्मी अन्तर्राष्ट्रिय शान्ति पुरस्कार–२०७८ बाट काठमाडौंमा आयोजित एक भव्य कार्यक्रमबिच सम्मानित हुनुभएको छ ।

नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत डिल्लीरमण–कल्याणी रेग्मी स्मारक पुस्तकालय विकास समिति मातहतको डा. डिल्लीरमण रेग्मी प्रतिष्ठानले नेपाल तथा विश्वमा नेपाली भाषा साहित्य तथा संस्कृतिका माध्यमबाट शान्ति तथा सद्भावको प्रवद्र्धनमा पुर्याउनुभएको उल्लेखनीय योगदानको उच्च कदर गर्दै अन्तर्राष्ट्रिय शान्ति पुरस्कार प्रदान गरिएको प्रतिष्ठानले जनाएको छ ।

सम्मानपछि सार गर्वित मन्तव्य राख्नुहुँदै पूर्व मुख्यमन्त्री चाम्लिङ्ग

प्रतिष्ठानका अध्यक्ष प्राध्यापक डाक्टर ध्रुव कुमार घिमिरे, नेपाल सरकारका शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र नेपालका सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा हस्ताक्षरित सम्मान–पत्र वितरण समारोहमा कार्यव्यवस्ताको कारण सम्माननीय राष्ट्रपति भण्डारी भने उपस्थित नहुनु भएको स्रोतले बताएको छ ।

मुख्यमन्त्री अवधिमा समेत नेपाली भाषा, साहित्य र संस्कृतिको योगदानमा चाम्लिङ्गले पुर्याएको योगदानको कदर गर्दै दुई वर्ष अघि नेपाल प्रज्ञा प्रतिष्ठानले समेत अन्तर्राष्ट्रिय स्तरको सम्मान प्रदान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्