एमालेले भन्याे- अर्थमन्त्री बर्खास्त नभइन्जेलसम्म संसद् अवरुद्ध गर्छाैँ



काठमाडाैँ । प्रमख प्रतिपक्ष दल नेकपा [एमाले] ले संसद् अवरुद्ध गर्ने तयारी गरेकाे छ । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’काे बर्खास्तीकाे माग गर्दै एमालेले संसद् अवरुद्ध गर्ने तयारी गरेकाे हाे । एमालेका प्रमुख सचेतक विशाल भट्टराईले भने, ‘हामीले पहिले अर्थमन्त्रीकाे बर्खास्ती र छानबिन समिति गठनकाे माग गर्दै आएका छाैँ । आज पनि त्यही माग गर्दै संसद् अवरुद्ध गर्छाैँ । हाम्राे माग सम्बाेधन नभइन्जेलसम्मका लागि संसद् अवरुद्ध गर्छाैँ ।’

एमालेले अर्थमन्त्री शर्माले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने दाेहाेर्‍याउँदै आएकाे छ ।

अर्थमन्त्री शर्मामाथि आव २०७९/८० काे बजेट निर्माण गर्दा अनधिकृत व्यक्तिहरूसँग साँठगाँठमा करकाे दर निर्धारण गरेकाे आराेप छ । यसपछि एमालेले उनकाे राजीनामा माग्दै आएकाे छ ।

प्रतिक्रिया दिनुहोस्