अर्थसचिव मरासिनी बिदामा : भने- ‘जनार्दन शर्मा मन्त्री रहुन्जेल मन्त्रालय फर्किन्नँ’



काठमाडौँ । अर्थमन्त्री विवादमा मुछिएका बेला अर्थसचिव बिदामा बसेका छन् । अर्थसचिव मधुकुमार मरासिनी अनिश्चित समयका लागि बिदामा बसेका हुन् ।

स्रोतकाअनुसार अर्थसचिव मरासिनीले बिहान प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा र मुख्यसचिव शंकरदास वैरागीलाई भेटेर बिदामा बस्ने जानकारी दिएका हुन् । जनार्दन शर्माको मन्त्री रहुन्जेल आफू मन्त्रालय नफर्किने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्