वैदेशिक रोजगारबाट फर्केका युवाहरुको सञ्जालको अध्यक्षमा सुवास ढकाल निर्विरोध चयन



काठमाडौं । राष्ट्रिय युवा परिषद्द्वारा पुर्नगठित बैदेशिक रोजगारीबाट फर्केका युवाहरुको सञ्जालको अध्यक्षमा सुवास ढकाल निर्विरोध चयन भएका छन् ।

राष्ट्रिय युवा परिषद्द्वारा वैदेशिक रोजगारबाट फर्केका युवाहरुको सञ्जाल गठनको लागि गत असार ६ गते भेला आव्हान गरिएता पनि त्यसले पूर्णता पाउन सकेको थिएन । फलस्वरुपः आज (असार २० गते) राष्ट्रिय युवा परिषद् संघसस्था शाखाका उपसचिव चन्द्रा थापाको उपस्थितिमा आयोजित भेलाले कार्यसमितिका पदाधिकारीको टुङ्गो लगाएको छ ।

पुर्नगठित कार्य समितिका पदाधिकारीको नामावली :

अध्यक्ष : सुवास ढकाल
बरिष्ठ उपाध्यक्ष : सविन कुमार खड्का

उपाध्यक्ष
निमेश कुमार वली
शिव कुमार श्रेष्ठ
विनोद केसी

सचिव
अजिता ठकुरी

सह–सचिव
जनक सिं डडाल
अरुण दर्नाल

कोषाध्यक्ष
अनु थापा

सदस्यहरु
सुरेन्द्र सिं डडाल
विमल लिम्बु
प्रकाश भारती
मान बहादुर लामा
मोहन कुमार श्रेष्ठ
अनिल योञ्जन
राज कुमार ढकाल
डिल्लीराम सापकोटा
टिका कार्की
धिरेन्द्र सिं डडाल

पुर्नगठित सञ्जालका नवनिर्वाचित अध्यक्ष सुवास ढकालले आगामी कार्यकालका केही योजनाहरु समेत प्रस्तुत गरेका थिए । जसमा उनले वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई स्वदेशमै व्यवसाय तथा उद्यमशीलता विकास गर्न सरकारले दिने सरल कर्जा कार्यान्वयन पहिलो प्राथमिकता रहेको बताए । त्यस्तै ढकालले वैदेशिक रोजगारीबाट फर्केकाहरुको तथ्यांक संकलन गरी स्वदेशमै लगानी गर्ने वातावरण सुनिश्चित गर्न राज्यलाई दवाव दिने, ७७ वटै जिल्लामा सञ्जाल गठन गर्ने जानकारी गराए ।

राष्ट्रिय युवा परिषद्ले युवा सञ्जाल गठन तथा परिचालनसम्बन्धी आन्तरिक कार्यविधि, २०७६ जारी गरेर कार्यविधिअनुसार आठवटा क्षेत्रमा मात्र सञ्जाल गठन गरेको छ ।

बैदेशिक रोजगारीबाट फर्केका युवाहरुको सञ्जालको पुर्नगठनसँगै यसअघि पुनःस्थापनाको क्षेत्रमा काम गर्ने युवाको सञ्जाल,LGBTIQ समुहका युवाको सञ्जाल, युवा क्लब सञ्जालमा आबद्ध युवाको सञ्जाल, राष्ट्रिय युवा प्रतिभा तथा उद्यमी युवाको सञ्जाल, पर्यटन क्षेत्रमा काम गर्ने युवा पथप्रदर्शको सञ्जाल, परिषदसँग आवद्ध सामाजिक संघसंस्थाहरुमा काम गर्ने युवाको सञ्जाल, कला÷साहित्य क्षेत्रमा काम गर्ने युवाको सञ्जाल गठन भईसकेको छ ।

प्रतिक्रिया दिनुहोस्