बूढानीलकण्ठ नगरपालिकाको वृत्ति परामर्श तथा रोजगार मेला फलदायी : नगरप्रमुख मिठाराम अधिकारी (फोटो फिचर)



काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाले आयोजना गरेको पहिलो ‘वृत्ति परामर्श तथा रोजगार मेला’ बूढानीलकण्ठ नगरपालिकाका विद्यार्थीहरुलाई फलदायी भएको बताउँदै नगरपालिकाको वार्षिक योजनामा राखी संस्थागत गरिने नगरप्रमुख मिठाराम अधिकारीले बताएका छन् ।

उपत्यकामै पहिलो पल्ट आयोजना गरिएको मेलामा स्वीस विकास नियोग राष्ट्रिय कार्यक्रम अधिकृत पंकज पराजुलीले वृत्ति मार्ग निर्देशन व्यक्तिको रुचि र खुबी अनुसार छान्नुपर्ने बताए ।

कार्यक्रममा नेपाल सरकारका सहसचिव प्रेमलाल लामिछानेले यस किसिमका कार्यक्रमले विद्यार्थीहरुलाई मार्ग दर्शन गर्ने बताए ।

हेल्बिटास अन्तर्गत इन्स्योर परियोजनाको सहकार्यमा भएको कार्यक्रम विहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म श्री महाँकाल जनजागृत मा।वि। माको प्राङ्गणमा संचालज भएको मेलामा १५६० विद्यार्थीहरुले मेलाको अवलोकन गरेका थिए भने ५७० जनाले प्रत्यक्ष परामर्श प्राप्त गरेका थिए । रोजगारदाता कम्पनी, विद्यालय, नेपाल बैंक लिमिटेड, आर्मी, प्रहरी भर्ना तयारी कम्पनी (डिक्यान), सामाजिक विकास मन्त्रालय, प्रशिद्ध चिनियाँ लेखक स्वय्मोका पुस्तक प्रदर्शनी, बूढानीलकण्ठ नगरपालिका उद्योग तथा पर्यटन शाखा, इन्स्योर प्रतिनिधि लगायत इन्जिनियरिङ्ग परामर्शदाताहरुको २३ स्टल रहेको थियो ।

उपप्रमुख अनिता लामाले ‘अध्ययनपछि स्वदेशमा अवसरहरु नखोजी दक्ष जनशक्ति विदेश पलायन भईरहेको अवस्थामा यस्ता वृत्ति परामर्श तथा रोजगार मेलाले रोजगारदातालाई आवश्यकता अनुसारको जनशक्ति उपलब्ध गराउने कुरामा जोड दिईन् ।

नगरप्रमुख मिठाराम अधिकारीको प्रमुख आतिथ्यता रहेको कार्यक्रमको अध्यक्षता शिक्षा महाशाखा प्रमुख ललित विक्रम सिंहले गरेका थिए भने कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भुवनेश्वर लामिछाने लगायत बूढानीलकण्ठ नगरपालिकाका १३ वटै वडाध्यक्षहरु, विभिन्न विद्यालयका प्रधानाध्यापकहरु, स्थानीय पत्रकार तथा शिक्षाप्रेमीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

यो पनि पढ्नुहोस्

बूढानीलकण्ठ बृत्ति तथा रोजगार मेलाको तयारी पुरा : नगरप्रमुख अधिकारीले उद्घाटन गर्ने

बूढानीलकण्ठ नगरपालिकाको ‘बृत्ति मेला’ (Career Fair) असार १८ गते हुँदै

बूढानीलकण्ठ नगरपालिकाले ‘बृत्ति मेला’ (Career Fair) आयोजना गर्दै

प्रतिक्रिया दिनुहोस्