बूढानीलकण्ठ बृत्ति तथा रोजगार मेलाको तयारी पुरा : नगरप्रमुख अधिकारीले उद्घाटन गर्ने



काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाले भोली (असार १८ गते) आयोजना गर्न लागेको बृत्ति तथा रोजगार मेलाको तयारी पुरा भएको बूढानीलकण्ठ शिक्षा महाशाखा प्रमुख ललित विक्रम सिंहले बताएका छन् । 

आज दिउँसो महाँकाल जनजागृती माध्यमिक विद्यालय, गोल्फुटारमा आयोजित अन्तिम तयारी बैठकमा बूढानीलकण्ठ नगरप्रमुख मिठाराम अधिकारीले मेलाको भोलि बिहान ८ः३० बजे उद्घाटन गर्ने जानकारी गराईएको छ ।

मेलामा १२ भन्दा बढी रोजगारदाता कम्पनी, परामर्श सेवा प्रदान गर्ने कम्पनी र विद्यालयहरुले स्टल राख्ने बताईएको छ ।

हेल्बिटास अन्तर्गत इन्स्योर परियोजनाको सहकार्यमा हुन गईरहेको मेला विहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म विद्यालयमा प्राङ्गणमा संचालन हुने  महाशाखा प्रमुख सिंहले बताए ।

बूढानीलकण्ठ नगरपालिका शिक्षा शाखाको आयोजनामा हुन गईरहेको मेलामा नगरभित्रका प्रत्येक वडाबाट २५ जनाका दरले वेरोजगार युवाहरु ९१८ वर्षदेखि ४० वर्षभित्रका० र सम्पूर्ण माध्यमिक तह संचालित विद्यालयहरुका कक्षा ९ देखि १२ सम्म अध्ययनरत विद्यार्थी, संस्थागत माध्यमिक विद्यालयबाट प्रति विद्यालय १० जनाको दरले उपस्थित हुन सक्नेछन् ।

यो पनि पढ्नुहोस् :

बूढानीलकण्ठ नगरपालिकाको ‘बृत्ति मेला’ (Career Fair) असार १८ गते हुँदै

बूढानीलकण्ठ नगरपालिकाले ‘बृत्ति मेला’ (Career Fair) आयोजना गर्दै

प्रतिक्रिया दिनुहोस्