११ औं राष्ट्रपति रनिङ सिल्ड जिल्ला स्तरीय भलिबल प्रतियोगितामा बूढानीलकण्ठ नगरपालिकालाई उपाधि



काठमाडौं । काठमाडौं जिल्ला खेलकुद विकास समितिको आयोजनामा सोमबारदेखि सुरु भईरहेको ११ औं राष्ट्रपति रनिङ सिल्ड जिल्ला स्तरीय भलिबल प्रतियोगितामा बूढानीलकण्ठ नगरपालिकास्थित श्री बाल उद्धार माध्यमिक विद्यालयले प्रथम स्थान हासिल गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सम्पन्न भलिबल प्रतियोगिता तर्फको छात्रमा शंखरापुर नगरपालिका र बूढानीलकण्ठ नगरपालिका फाइनलमा प्रवेश गरेका हुन् । खेलमा बालउद्धारले इस्ट पोल स्कूललाई ५–३ को सेटले हराउँदै उपाधि जितेको हो । पहिलो २५–२२, दोस्रो २७–२५, तेस्रो २५–२३(इस्ट पोल), चौथो २५–१७ को फराकिलो सेट अन्तर सहित पाचौं सेट खेल्नै नपरी बाल उद्धार विजयी भएको हो ।

प्रतियोगितामा छात्र रनिङतर्फ १००, १५०० मिटरतर्फ पनि बालउद्धार माविले नै प्रथम स्थान हासिल गरेको छ । त्यस्तै छात्रातर्फ १५०० मिटर रनिङ र ज्याभलिन थ्रोमा बाल उद्धार मावि द्वितीय भएको छ ।

असार १५ गतेसम्म चल्ने प्रतियोगितामा भलिबलसहित कबड्डी, एथलेटिक्स, कराँते, तेक्वान्दो र उसु गरी ६ खेलको प्रतिस्पर्धा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्