वडाध्यक्ष श्रेष्ठद्वारा गणेश मन्दिर निर्माण कार्यको शिलान्यास



काठमाडौं । बूढानीलकण्ठ नगरपालिका वडा नं. १३ का वडाध्यक्ष टिका नारायण श्रेष्ठ (टिकेश)ले चुनिखेल–गाम्चास्थित गणेश मन्दिर निर्माण कार्यको शिलान्यास गरेका छन् ।

बूढानीलकण्ठ नगरपालिकाद्वारा बिनियोजित रकम बीस लाख र वडाध्यक्ष श्रेष्ठ स्वयम्ले २ लाख अक्षय कोष खडा गरि मन्दिर निर्माण जोड दिएको एक स्थानीयले परिवर्तन खबरलाई बताए ।

स्थानीयको चन्दा र नगर प्रदेश र वडाबाट बजेट बिनियोजित गरि निर्माण सम्पन्न गरिने उपभोक्ता समितीका अध्यक्ष लक्ष्मण श्रेष्ठले बताएका छन् । सोही कार्यक्रममा उपभोक्ता समितीका अध्यक्ष श्रेष्ठले समेत पाँच लाख चन्दा दिने घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्