बूढानीलकण्ठ नगरपालिकामा ‘विश्व ड्रग डे’ को अवसरमा र्‍याली सहित सचेतनामूलक कार्यक्रम



काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाले ‘विश्व ड्रग डे’ को अवसरमा र्‍याली सहित सचेतनामूलक कार्यक्रम आयोजना गरी लागुऔषध दुरुपयोग र अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस २०२२ मनाएको छ ।

नगरपालिका युवा परिषद्ले आयोजना गरेको कार्यक्रमको र्‍यालीमा नगर प्रमुख मिठाराम अधिकारी, उपप्रमुख अनिता लामा, वडा अध्यक्ष, सदस्यहरु, नगर वडा युवा परिषद् लगायतका युवा समुहहरु समेत जोडिएका थिए । नगरपालिकाका ३ मुख्य क्षेत्रबाट ‘ड्रग डे’ को नारा लिएर सहित र्‍याली सञ्चालन गरिएको थियो ।

कपन ह्याण्डबल, बूढानीलकण्ठ मन्दिर र गोल्फुटार बास्केटबल मैदानबाट ३ वटा समुहमा हिडेको र्‍याली गणेशचोक स्थित पिकोलोको हलमा आयोजित लागु औषध विरुद्धको सचेतामुलक तथा अन्तरक्रियात्मक कार्यक्रममा भेला भएको थियो ।

नगर युवा परिषद् उपाध्यक्ष रुपेश भट्टराईले लागु औषध विरुद्धको अभियानको समर्थनका लागि यस कार्यक्रम आयोजना भएको बताए । उनले आगामी दिनमा समेत अभियानलाई निरन्तरता दिई बूढानीलकण्ठ नगरपालिकालाई दुव्र्यसनमुक्त बनाउने योजना नगर युवा परिषद्ले लिएको जनाए ।

कार्यक्रममा उपस्थित नगर उपप्रमुख अनिता लामाले सम्बोधन गर्दैै लागू औषध नियन्त्रण तथा पूर्नस्थानपनामा नगरपालिकाको चासो रहेको बताउदैँ यसको दीर्घकालिन समाधानका लागी आवश्यक नीति निर्माण प्रक्रियामा नगरपालिका रहेको जानकारी दिए ।

यस्तै कार्यक्रममा नगरपालिका वडा नं ०७ स्थित टुनग्राम ईन्टरनेसनल स्कूलका विद्यार्थीहरुले सचेतामूलक नाटक प्रस्तुत गरेका थिए । नाटकले दिएको सन्देशलाई नगरप्रमुख, उपप्रमुख तथा कार्यक्रममा उपस्थित सबै दर्शकले समर्थन गर्दै विद्यार्थिहरुको क्षमता र मेहनतको कदर समेत गरे ।

यस वर्ष ‘विश्व ड्रग डे’ को नारा ‘स्वास्थ्य र मानवीय संकटमा लागुऔषधको चुनौतीलाई सम्बोधन गर्ने’ रहेको छ । यसले विश्वले सामना गरिरहेको विभिन्न चुनौतीहरूलाई सम्बोधन गर्दछ र लागुऔषध दुरुपयोग रहित संसार बनाउन कदम चाल्ने प्रयास गर्दछ ।

प्रतिक्रिया दिनुहोस्