चलचित्र क्षेत्रका समस्या र चलचित्रकर्मीहरुको अवस्था विषयक अन्तरक्रिया सम्पन्न



काठमाडौं । नेपाल चलचित्र कलाकार संघको आयोजना आषाढ १२ गते आईतबार नेपाली चलचित्र क्षेत्रको समस्या र चलचित्रकर्मीहरूको अवस्था बिषयक अन्तरक्रिया सम्पन्न भएको छ ।

संघका अध्यक्ष रबिन्द्र खडकाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बिकास बोर्डका सदस्य सचिब टंक महतले बिकाश बोर्डले समग्र चलचित्र उद्योग र चलचित्रकर्मीहरूको उत्थानका लागि प्रयाशरत रहेको बताउँदै छिट्टै प्रभाबकारी चलचित्र नीति ल्याउने बारे कार्य गरिरहेको बताए ।

कार्यक्रममा चलचित्रकर्मी मोहन निरौला र संचारकर्मी शान्तिप्रियले तयार पारेको अबधारणा पत्र मोहन निरौलाले बाचन गरेका थिए । अबधारणा पत्रमा अधिबक्ता कृष्ण ढुंगाना, संचारकर्मी कृष्ण भट्टराई, संगीतकार सन्तोष श्रेष्ठ र संचारकर्मी डब्बु क्षेत्रीले टिप्पणी गरेका थिए ।

चलचित्र बिकास बोर्डका पूर्व अध्यक्ष दयाराम दाहालले बोर्डले महामारीको मारमा परेका चलचित्रकर्मीहरूलाई थोरै भए पनि राहत दिएको थियो र आफ्नो कार्यकालमा चलचित्रकर्मीहरूको उत्थान र प्रोत्साहनका लागि स्टोरी बैंकको अबधारणा कार्यान्वयनमा ल्याएको बताए ।

अभिनेता गोपाल ढकालले सहजीकरण गरेको कार्यक्रममा अभिनेता कृष्ण मल्ल, भुवन केसी, लय संग्रौला, निर्माता संघका अध्यक्ष आकाश अधिकारी, निर्देशक समाजका माहासचिव जनकदीप पराजुली, चलचित्र संघका पूर्व अध्यक्ष प्रदिप उदय लगायतका बक्ताहरूले चलचित्र कलाकार संघले चलचित्र कलाकार र उद्योगका प्रबद्र्धनका लागि आबाज उठाउँदै आएको स्मरण गर्दै अबिलम्ब चलचित्र नीति निर्माण भएकोे भए कार्यान्वयनमा ल्याउनु पर्ने नभए निर्माण गरिनु पर्नेमा जोड दिए । बक्ताहरूले बिदेशी चलचित्रको प्रदर्शनमा मापदण्ड बनाई नेपाली चलचित्र प्रदर्शनलाई बिशेष प्रथमिकता दिनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्