टानको अध्यक्षमा राजेन्द्र सापकोटाको उम्मेदवारी, कस्ता छन् उनका मुख्य एजेण्डा ?



काठमाडौं । लामो समयदेखि पर्यटन क्षेत्रमा आवद्ध राजेन्द्र प्रसाद सापकोटाले पदयात्रा व्यवसायीहरुको छाता संगठन ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को अध्यक्षमा दावेदारी प्रस्तुत गरेका छन् । नेपाल पर्यटन बोर्डमा सफलतापूर्वक सदस्यको जिम्मेवारी समेत बहन गरिसकेका उनी आउटडोर हिमालयन ट्रेकका प्रबन्ध निर्देशक हुन् ।

विश्व महामारी कोभिड १९ का कारण खस्कदो अवस्थामा पुगेको पदयात्रा व्यवसायको पुनरताजकीकरण गर्नु आफ्नो मुख्य उदेश्य रहेको बताउँदै उनले ट्रेकिङ कम्पनीको सिफारिसमा सबै ट्रेकिङ रुटहरुमा अनिबार्य ट्रेकिङ परमिट लागु गराउने, सबै पदयात्रा क्षेत्रमा अनिवार्य गाईड लिएर मात्र पदयात्रा गर्नुपर्ने नियम लागु गराउन सरकारसँग लबिङ गर्ने प्रतिबद्ध जनाएका छन् ।

यस्तै टिम्स कोषमा रहेको टानको रकम निकासा गरी स्थानीय निकायसँगको सहकार्यमा पदयात्रा मार्गको स्तरोन्नतिका साथै प्रबद्र्धन गर्ने प्रयास गर्ने र बिगत लामो समयदेखि टानमा रहेका बेरुजुहरुको फछ्र्याैट गराई टानलाई पारदर्शी संस्थाको रुपमा अगाडि बढाउने घोषणा गरेका छन् ।

यस्तै ट्रेकिङ कम्पनीको चुक्ता पूँजी २५ लाखबाट बढाएर ५० पुर्याइएकोमा त्यसलाइ घटाएर पुरानै बनाउने प्रयास गर्ने समेत उल्लेख गरेका छन् । मजदुर र व्यवसायीहरुबीच उच्चतम सहकार्यमा पर्यटकहरुलाई सेवा दिनुका साथै मालिक र मजदुरबीच सौहर्दपुर्ण सम्बन्ध निर्माण गर्न टानले अभिभावकको भूमिका खेल्ने वातावरण निर्माण गर्ने समेत जनाए ।

टानको साधारणसभा एवम् निर्वाचन आगामी अगस्ट् १५ तारिकमा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्