बूढानीलकण्ठ नगरपालिकाको ‘बृत्ति मेला’ (Career Fair) असार १८ गते हुँदै



काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाले यही असार १८ गते श्री महाँकाल जनजागृत माध्यमिक विद्यालय, गोल्फुटारको प्राङ्गणमा ‘बृत्ति मेला’ (Career Fair) आयोजना गर्ने भएको छ ।

बूढानीलकण्ठ नगरपालिका शिक्षा शाखाको आयोजनामा हुन गईरहेको मेलामा नगरभित्रका प्रत्येक वडाबाट २५ जनाका दरले वेरोजगार युवाहरु (१८ वर्षदेखि ४० वर्षभित्रका) र सम्पूर्ण माध्यमिक तह संचालित विद्यालयहरुका कक्षा ९ देखि १२ सम्म अध्ययनरत विद्यार्थी, संस्थागत माध्यमिक विद्यालयबाट प्रति विद्यालय १० जनाको दरले उपस्थित हुन सक्नेछन् ।

शिक्षा महाशाखा प्रमुख ललित विक्रम सिंहले यस किसिमका मेलाले बेरोजगार युवा तथा माध्यमिक तहमा अध्ययनरत विद्यार्थीहरुलाई रोजगारीका क्षेत्र पहिचान गर्न सहयोग पुग्ने बताए ।

प्रतिक्रिया दिनुहोस्