सार्वजनिक सवारीको भाडा पनि घट्ने



काठमाडौँ । पेट्रोलियमको मूल्य घटेसँगै सार्वजनिक सवारीको भाडा घट्ने भएको छ । सरकारले आजबाट लागू हुने गरी पेट्रोलियमको मूल्य घटाएसँगै सार्वजनिक सवारीको भाडा पनि घट्ने भएको हो ।

यातायात व्यवस्था विभागले आजै नयाँ भाडादर सार्वजनिक गर्ने तयारी गरेको छ । कार्यालय खुलेपछि अन्तर प्रदेशमा चल्ने सवारीको नयाँ भाडादर सार्वजनिक गरिने विभागका महानिर्देशक नमराज घिमिरेले जानकारी दिए । सरकारले पेट्रोलमा प्रतिलिटर २० तथा डिजेल र मट्टितेलमा प्रतिलिटर २९ रुपैयाँ मूल्य घटाएको छ ।

यसअघि असारको पहिलो हप्ता पेट्रोल र डिजेल तथा मट्टितेलमा भारी मात्रामा मूल्यवृद्धि भएपछि विभागले असार ६ गते सवारी साधनको भाडा वृद्धि गरेको थियो

प्रतिक्रिया दिनुहोस्