‘मिस ग्राण्ड नेपाल’ को पाचौं संस्करण आयोजना हुँदै



आर.के. इन्टरटेन्मेन्ट ग्रुपले मिस ग्राण्ड नेपालको पाँचौ संस्कारण आयोजना गर्ने भएको छ । हरेक वर्ष आयोजना हुँदै आएको यो ब्युटी प्याजेन्ट गत वर्ष सफल सम्पन्न भएको थियो । केही दिनअघि काठमाडौमा अवस्थित ‘टेन एक्स क्लब’ मा एक पत्रकार सम्मेलन गर्दै मिस ग्राण्डको औपचारिक घोषणा गरिएको हो । मिस ग्राण्ड नेपाल मार्फत बर्षेनी देशको प्रतिनिधित्व गराउँदै मिस ग्राण्ड वर्ल्ड, फेश अफ ब्युटी इन्टरनेसनल, मिस औरा इन्टरनेसनल, मिस ग्लोबल इन्टरनेसनल र प्रतिस्पर्धी तयार पार्दै ५ जना सुन्दरीहरुलाई अन्तर्राष्ट्रिय स्तरको ब्युटी प्याजेण्टमा सहभागिताको लागि पठाउने भएको छ ।

मिस ग्राण्डमा सहभागी हुनको लागि असार १७ गतेलाई अन्तिम मिति तय गरिएको छ । मिस ग्राण्ड आयोजक कम्पनीका अध्यक्ष राम केसिका अनुसार आउदो असार ११ गतेदेखि १७ गतेसम्म देशभर अडिसन गरिने भएको छ । नेपालगन्ज, बुटवल, पोखरा, चितवन, बिरगंज, बिराटनगर र झापामा हुने अडिसनमा विभिन्न उत्प्रेरणात्मक कार्यक्रम समेत गरिने केसिले बताए । फाईनल अडिसन भने काठमाडौको होटल नेपालयमा हुनेछ ।

पत्रकार सम्मेलनमा मिस ग्राण्ड नेपाल टुरिजम सुर्जिना श्रेष्ठ, मिस ग्राण्ड नेपाल स्कुवा सोनाली सापकोटा, मिस मल्टीनेसनल आशा कार्की र प्रमिला बिक लगायत किसन राज सिंह, राजु श्रेष्ठ, डा रामसरण थपलिया, आनी भिम सोवा गुरुङ लगायतको उपस्थिति थियो । उनीहरूले मिस ग्राण्ड नेपाल जस्तो सुन्दरी प्रतियोगिता गरेर आर.के. इन्टरटेन्मेन्ट ग्रुपले नेपाली कला, संस्कृति र पहिचान अन्तर्राष्ट्रिय स्तरमा लैजान योगदान दिएको दाबी गरे । मिस ग्राण्ड नेपाल २०२२ का बिजेताले नगदको साथै मोबाइल फोन, गुडविल एम्बासडर र नेपाली चलचित्रमा नायिका समेत हुदै पाँचै बिजताले इन्टरनेशनल प्रतियोगितामा सहभागी हुने मौका पाउने छन् । देशभरका अडिसनबाट छानिएका प्रतिष्पर्धीलाई ४५ दिनको प्रशिक्षण गराइने आयोजकको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्