बूढानीलकण्ठ नगरपालिकाले ‘बृत्ति मेला’ (Career Fair) आयोजना गर्दै



काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाले उपत्यकामै पहिलो पटक ‘बृत्ति मेला’ Career Fair आयोजना गर्ने भएको छ ।

बूढानीलकण्ठ नगरपालिका शिक्षा शाखाको आयोजनामा भएको छलफलमा सरोकारवालाहरु राखी मेला बारे बृहत छलफल भएको छ । असार १८ गते एक दिन कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरुलाई केन्द्रित गरी आयोजना गरिने मेलामा बूढानीलकण्ठ नगरपालिका भरीका ८७ वटै विद्यालयले सहभागीता जनाउने भएका छन् । नगरप्रमुख मिठाराम अधिकारीले ‘बृत्ति मेला’को उद्घाटन गर्ने समेत महाशाखा प्रमुख सिंहले बताए ।

शिक्षा महाशाखा प्रमुख ललित विक्रम सिंहका अनुसार यस किसिमका भेला कम्तीमा चार वर्षसम्म नियमित गर्ने र माध्यमिक तहमा अध्ययनरत विद्यार्थीहरुलाई रोजगारीका क्षेत्र पहिचान गर्न सहयोग पुग्नेछ । मेलामा रोजगारी दिने कम्पनीका प्रतिनिधि सहित परामर्शदाताहरुले विभिन्न सत्रमा प्रस्तुतीकरण गरी विद्यार्थीहरुलाई सू–सुचित गराउने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्