बाल उद्धार माविमा शिक्षक दरखास्त आव्हान !



काठमाडौं । बूढानीलकण्ठ नगरपालिका वडा नं. १० मिलनचोकस्थित बाल उद्धार माध्यमिक विद्याललयले +२ तर्फ आंशिक शिक्षकहरुका लागि दरखास्त आव्हान गरेको छ ।

विद्यालयले रित पुगेका उम्मेद्वारहरुलाई विज्ञापन भएको मितिले ५ दिनभित्र आवश्यक कागजातसहित दरखास्त दिन आव्हान गरेको छ ।

+२ तर्फ विद्यालयले

भौतिक विज्ञान–१

रसायन विज्ञान–१

गणित–१

प्राणीशास्त्र–१

बनस्पति विज्ञान–१, जना शिक्षकको लागि विज्ञापन खुलाएको हो ।

शिक्षकको लागि विद्यालयले सम्बन्धित विषयमा स्नातकोत्तर तह दास्रो श्रेणीमा उतिर्ण र कक्षा ११ र १२ मा न्यूनतम २ वर्षको अध्यापन गरेको आवश्यक योग्यता खोजेको छ । त्यस्तै सेवा सुविधा विद्यालयको नियमानुसार उपलब्ध गराईने र छनौट प्रक्रिया अन्तर्वार्ता र कक्षा अवलोकन मार्फत गराईने विद्यालयका प्रधानाध्यापक विनोद पण्डितले बताएका छन् ।

दरखास्तको अन्तिम मिति २०७९ असार १२ गते दिनको ३ बजेसम्म रहेको र दरखास्त शुल्क रु.५००।– तोकिएको छ । विद्यालयले छनौट भएका शिक्षकलाई न्यूनतम एक शैक्षिक सत्र अध्यापन गराउनुपर्ने शर्त राखेको छ ।

बाल उद्धार माविद्वारा शिक्षक दरवन्दीका लागि आव्हान गरिएको सूचना :

प्रतिक्रिया दिनुहोस्