नगरप्रमुख अधिकारीद्वारा चिहाने खोलादेखि घट्ट चोकसम्मको सडक कालोपत्रेको अनुगमन



काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाका नगरप्रमुख मिठाराम अधिकारीले बूढानीलकण्ठ नगरपालिका वडा नं. १३ स्थित चिहाने खोलादेखि तल्लो घट्ट चोकसम्म भईरहेको सडक कालोपत्रेको अनुगमन गरेका छन् ।

नगरप्रमुख अधिकारीले मापदण्ड अनुसार सडक कालोपत्रेको स्तरोन्नतिमा ध्यान उपभोक्ता समितिलाई निर्देशन दिएका छन् । उनले सडक कालोपत्रेको अवस्था र कार्य सम्पादनबारे स्थलगतअनुगमन गरेका हुन् ।

सडक अनुगमनमा नगर प्रमुख अधिकारी सहित बूनपा १३ का निवर्तमान अध्यक्ष श्रीकृष्ण श्रेष्ठ, उपभोक्ता समितिका पदाधिकारीहरु लगायत स्थानीयको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्