निर्माणाधिन बूढानीलकण्ठ नगर अस्पतालमा नगरप्रमुख अधिकारी सहित विज्ञको टोली !



काठमाडौं । बूढानीलकण्ठ नगरपालिका वडा नं. १० डिठ्ठा चौर स्थित निर्माणाधिन नगर अस्पतालको नगरप्रमुख मिठाराम अधिकारी सहित विज्ञको टोलीले स्थलगत अनुगमन गरेका छन् ।

अनुगमनमा नगरप्रमुख अधिकारी सहित उपप्रमुख अनिता लामा, बूनपा १० वडाध्यक्ष नवराज भट्टराई, ११ का अध्यक्ष राजु अधिकारी, १२ का शम्भु भट्टराई, बूनपा प्रमुख प्रशासकीय अधिकृत केदार खड्का, जनस्वास्थ्य महाशाखा प्रमुख कुमार प्रसाद दहाल, भौतिक पुर्वाधार महाशाखा प्रमुख सुनिल महर्जन, स्वास्थ्य विभागका भुतपूर्व महानिर्देशक मिङ्मा शेर्पा, चिकित्सा शिक्षा आयोगका निरीक्षक डा. दिलिप शर्मा, नेपाल प्रहरी महाराजगंज अस्पतालका मेडिकल निर्देशक डा. आशा सिंह लगायत न्युरो सर्जन एवम् पाटन स्वास्थ्य तथा विज्ञान प्रतिष्ठानका प्रोफेसर डा. प्रकाश विष्ट, काठमाडौं मेडिकल कलेजका प्राचार्य एवम् हाडजोर्नी चिकित्सक डा. रमेश प्रसाद सिंहको उपस्थिति रहेको थियो ।

कुल लागत ९ करोड ९३ लाख ६६ हजार ४ सय २० रुपैँया लागत रहेको नगर अस्पतालको ८० प्रतिशत निर्माण कार्य सम्पन्न भईसकेको छ ।

अनुगमनको क्रममा नगर अस्पतालको भौतिक पुर्वाधारको क्षमता अनुसार २४ शैय्याबाट १०० शैय्यासम्म स्तरोन्नती गर्न मिल्ने गरी निर्माण कार्य गर्न स्वास्थ्य विज्ञका टोलिले सुझाएका छन् ।

प्रतिक्रिया दिनुहोस्