बूनपा १३ मा विगत तीन वर्षदेखि रोकिएको गाम्चा पुखुचा सडक बाटोको निर्माण कार्य पुनः सुचारु



काठमाडौं । बूढानीलकण्ठ नगरपालिका वडा नं. १३ स्थित गाम्चा पुखुचा सडक बाटोको निर्माण कार्य पुनः सुचारु भएको छ । विगत ३ वर्षदेखि टुन्डी कन्स्ट्रक्सनले साइट क्लिएर नभएको बहानामा सो सडकको निर्माण कार्य रोकेको थियो ।

बूनपा १३ का वडाध्यक्ष टिका नारायण श्रेष्ठ (टिकेश) स्थानीय घर धनी, जग्गा धनी तथा सरोकारवालाहरु र जनप्रतिनिधिहरुको भेलाको दवाव पछी काम सुरु भएको जानकारी गराएका छन् । स्थानीयसँगको सहकार्य र सहमतिबाट मात्र सो सडकको निर्माण कार्य पुनः सुचार गर्न सम्भव भएको बताउँदै वडाध्यक्ष श्रेष्ठले चाँडै नै सडक बाटोको निर्माण सम्पन्न गरिने बताए ।

सडक निर्माण सम्पन्न भएसँगै हिलो र धुलोबाट मुक्त हुनेमा स्थानीयहरु विश्वस्त देखिन्थे साथै वडाध्यक्ष श्रेष्ठको सो कार्यप्रति खुशी व्यक्त गर्दै चुनिखेलवासीले वडा कार्यालय र जनप्रतिनिधिप्रति हार्दिकता प्रकट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्