बूनपा १३ स्थित चुनिखेल नौलिन भद्रकाली पार्कमा फहराईयो राष्ट्रिय झण्डा !



काठमाडौं । बूढानीलकण्ठ नगरपालिका वडा नं. १३ स्थित चुनिखेल नौलिन भद्रकाली पार्कमा राष्ट्रिय झण्डा फहराईएको छ ।

बूनपा १३ का अध्यक्ष टिका नारायण श्रेष्ठ (टिकेस) लगायत स्थानीयवासी, विभिन्न संघसंस्था, भद्रकाली संरक्षण समितिका प्रतिनिधिहरुको उपस्थितिमा सो पार्कमा झण्डा राखिएको हो ।

सोही दिन पार्क क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्य स्थल बनाउनका लागि गुरु योजना निर्माण गर्ने तथा चन्दा दाताहरुलाई समेत सम्मान गर्ने निर्णय भद्रकाली संरक्षण समितिको बैठकले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्