बूनपा १० स्थित सिद्धेश्वर मन्दिर क्षेत्रमा युवराज राई माउन्टेन क्लाइबिङ्ग एकेडेमीको सरसफाई !



काठमाडौं । पर्वतारोहण र समाजसेवामा सक्रिय रहेका युवराज राईको नाममा स्थापित युवराज राई माउन्टेन क्लाइबिङ्ग एकेडेमीले बूढानीलकण्ठ नगरपालिका वडा नं १० स्थित सिद्धेश्वर मन्दिर क्षेत्रमा सरसफाई गरेको छ ।

एकेडेमीका अध्यक्ष जगत प्रसाद निरौलाले कार्यक्रमको उद्देश्य जानकारी गराउँदै सचेतना सहित मन्दिर क्षेत्रमा सरसफाई गरेको बताए ।

कार्यक्रममा बूढानीलकण्ठ नगरपालिका वडा नं १० का अध्यक्ष नवराज भट्टराई, नगर कार्यपालिका सदस्य रिता दाहाल, पूर्व वडासदस्य भुव प्रसाद रेग्मी, सिद्धेश्वर मन्दिर संरक्षण समितिका अध्यक्ष उद्धव प्रसाद भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्