विकास निर्माण मार्फत जनताविच एमालेलाई स्थापित गर्नेछौं : नगरप्रमुख मिठाराम अधिकारी (फोटो फिचर)



काठमाडौं । नेकपा एमाले निर्वाचन परिचालन कमिटी, बूढानीलकण्ठले आयोजना गरेको स्थानीय तह निर्वाचन २०७९ मा बूढानीलकण्ठ नगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना एवम् प्रमाणपत्र वितरण कार्यक्रममा नगरप्रमुख मिठाराम अधिकारीले विकास निर्माण मार्फत जनताविच एमालेलाई स्थापित गर्ने प्रतिवद्धता जनाएका छन् ।

पार्टी विभाजनको जटिल अवस्थामा समेत नगरवासीले आफू र आफ्नो पार्टीलाई अत्याधिक मत दिएर निर्वाचित गराएकोमा धन्यवाद ज्ञापन गर्दै आफ्नो कार्यकालभित्र पार्टीको नीति बमोजिम ‘आफू शासक नभई जनताको सेवक हुने’ संकल्प गरेका छन् ।

प्रमुख अतिथि नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरलले जननिर्वाचित प्रतिनिधिलाई जनताको विश्वास डगमगाउन नदिई जनताको सेवामा लाग्न निर्देशन दिए ।

कार्यक्रममा निर्वाचन परिचालन कमिटीका संयोजक नेकपा एमाले प्रदेश कमिटी सदस्य उद्धव खरेलले स्थानीय निर्वाचन २०७९ मा आफ्नै भतिजलाई स्वतन्त्र उम्मेद्वारी दर्ता गराई, आफ्नै वडामा मत माग्न समेत नहिडी सबै वडा सदस्य हराएका उनले आफ्नो नेतृत्वमा नेकपा एमाले बूढानीलकण्ठले अत्याधिक सफलता हासिल गरेको उद्घोष गर्दा कार्यकर्ताहरु मुखामुख गरेका देखिन्थे ।

नेकपा एमाले बूढानीलकण्ठ अध्यक्ष प्रदीप डंगोलले संचालन गरेको कार्यक्रममा उपप्रमुख अनिता लामा, निर्वतमान उपप्रमुख रमादेवी राई, नेकपा एमाले काठमाडौं जिल्ला कमिटीबाट बूढानीलकण्ठ नगरपालिका ईञ्चार्ज लक्ष्मी संग्रौला लगायतले आफ्नो धारणा राखेका थिए भने नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुलाई प्रमुख अतिथि लगायत मञ्चमा आसिन अतिथिहरुले रुद्राक्षको माला लगाई प्रमाणपत्र वितरण गरेका थिए ।

यो पनि पढ्नुहोस्

बूढानीलकण्ठका जनप्रिय नेता मिठाराम अधिकारीको विगत, वर्तमान र भावी योजना (जीवनीसहित)

बहुप्रतिभाका धनी लोकप्रिय व्यक्ति मिठाराम अधिकारी

उपत्यकामै नेकपा एमालेको शान रहेको बूढानीलकण्ठ नगरपालिका : ‘म्यान अफ दी इलेक्सन’मा नवराज भट्टराई

बूढानीलकण्ठ १ मा एमालेका सुरेन्द्र लामाको प्यानल नै विजयी (मतपरिणामसहित)

बूढानीलकण्ठ-२ को अध्यक्षमा एमालेका राजेन्द्र श्रेष्ठ विजयी : सदस्यमा नेपाली कांग्रेस (मतपरिणामसहित)

बूढानीलकण्ठ-३ काे अध्यक्षमा स्वतन्त्र उम्मेद्वार आकाश धिताल विजयी

बूढानीलकण्ठ–४ मा नेपाली कांग्रेसको प्यानलै विजयी

बूढानीलकण्ठ-५ को अध्यक्षमा नेपाली काँग्रेसका कृष्ण साह ठकुरी निर्वाचित

बूढानीलकण्ठ–६ को अध्यक्षमा नेकपा एमालेका रवि खड्का विजयी

बूढानीलकण्ठ–७ मा नेकपा एमालेको प्यानलै विजयी (मतपरिणामसहित)

बूढानीलकण्ठ–८ मा नेकपा एमालेको प्यानलै विजयी (मतपरिणामसहित)

बूढानीलकण्ठ–९ को अध्यक्षमा नेकपा एमालेका सुमित्रा त्रिपाठी पाण्डे विजयी

बूढानीलकण्ठ १० मा नवराज भट्टराई नेतृत्वको टिम अत्याधिक मतले विजयी (मतपरिणामसहित)

बूढानीलकण्ठ–११ को अध्यक्षमा नेकपा एमालेका राजु अधिकारी विजयी (मतपरिणामसहित)

बूढानीलकण्ठ–१२ मा नेकपा एमालेका शम्भु भट्टराईको प्यानलै विजयी (मतपरिणामसहित)

बूढानीलकण्ठ–१३ मा नेकपा एमालेका टिका नारायण श्रेष्ठको प्यानलै विजयी (मतपरिणामसहित)

प्रतिक्रिया दिनुहोस्