प्रवासी नेपाली मञ्च अमेरिकाको तेस्रो अधिवेशनको तयारी पुरा



काठमाडौं । बोस्टनमा यही जुन १७ देखि १९ तारिक सम्म हुन गईरहेको प्रवासी नेपाली मञ्च अमेरिकाको तेस्रो अधिवेशनको तयारी पुरा भएको छ ।

अधिवेशनको प्रमुख अतिथि नेकपा एमालेका बिदेश बिभाग प्रमुख डा. राजन भट्टराई छन् भने पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे र सांसद शान्ता चौधरी बिशेष अतिथी रहेका छन् । शान्ता चौधरी कार्यक्रममा भाग लिन अमेरिका प्रस्थान गरेसकेकी छिन् भने डा. राजन भट्टराई केही समयअघि नै जर्मनी, नेदरल्याण्ड, बेल्जियम, अष्ट्रिया, फ्रान्स, स्पेन, अमेरिका तथा क्यानडाको राष्ट्रिय कमिटीका सम्मेलनहरुमा सहभागीता जनाउन युरोप पुगिसकेका छन् । साथै एसिया–युरोप राजनीतिक फोरम (AEPF) को अध्यक्षमा समेत उनी निर्वाचित भएका छन् ।

अधिवेशनको उद्घाटन शत्रका लागि नेपाली राजदुतबास अमेरिका प्रतिनिधि, संयक्त राष्ट्र संघ नेपाल प्रतिनिधि, अमेरिका स्थित नेपाली बाणिज्य दुत सबैलाई निमन्त्रण पठाइ सकेको अध्यक्ष प्रभु थापाले जानकारी दिएका छन् । अधिबेसनको उद्घाटन सत्र पछि बन्द सत्र सुरु हुने र राजनीतिक, सागठानिक र आर्थिक प्रतिबेदन प्रस्तुत हुनुका साथै आगामी कार्यकालका लागि नयाँ नेतृवो चयन गर्ने जानकारी पनि अध्यक्ष थापाले दिएका छन् ।

तीन दिने अधिवेशनमा अमेरिकाका विभिन्न राज्य कमिटीका एक सय ५० जना डेलिकेड्सहरुले नयाँ नेतृत्व चयन गर्नेछ । मञ्चले अमेरिकाको २६ राज्यमा आफ्नो कमिटी विस्तार गरेको छ । मञ्चका अध्यक्ष प्रभु थापाका अनुसार जुन १७ तारिक वर्तवान कमिटीको अन्तिम बैठक बस्नेछ । मञ्च नेकपा एमालेको विदेश स्थित शुभेच्छुक संस्था हो ।

यो पनि पढ्नुहोस्

एमाले विदेश विभाग प्रमुख डा. राजन भट्टराई एसिया-युरोप राजनीतिक फोरमको अध्यक्षमा निर्वाचित

प्रतिक्रिया दिनुहोस्