प्रवासी नेपाली मञ्च जर्मनीको अध्यक्षमा युवराज अधिकारी !



काठमाडौं । नेकपा एमाले स्थायी कमिटी सदस्य एवम् बिदेश बिभाग प्रमुख तथा प्रवास ईन्चार्ज डा. राजन भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न प्रवासी नेपाली मञ्च जर्मनीको छैटौं राष्ट्रिय अधिवेशनबाट अध्यक्षमा युवराज अधिकारी सर्वसम्मत चयन भएका छन् ।

प्रवासी नेपाली मञ्च जर्मनीको छैटौं राष्ट्रिय अधिवेशनबाट निर्वाचित हुने पदाधिकारीको नामावली :
अध्यक्ष : युवराज अधिकारी
उपाध्यक्ष : यज्ञ अधिकारी
सचीव : सनत कुमार गौतम
उपसचिव : समीर श्रेष्ठ
उपसचिव : पूर्ण लक्ष्मी कार्की
सदस्यहरु
भोज राज त्रिपाठी
मदन दाहाल
रबि ढुंगाना
मुना बास्कोटा
काजी याल्मो
राम प्रसाद तिवारी

कार्यक्रमका प्रमुख अतिथि डा. राजन भट्टराईले प्रवासी नेपाली मञ्च युरोप ईन्चार्ज भक्त वाग्ले, युरोप कमिटिका अध्यक्ष गोबिन्द पौडेल, एनआरएनए युरोप शाखा बिभाग सचिब डा. चिरन्जिव खड्कालाई धन्यवाद ज्ञापन गरेका थिए ।

नवनिर्वाचित अध्यक्ष युबराज अधिकारीको वक्तव्यको पूर्णपाठ

साधारणसभामा प्रबासी नेपाली मन्च जर्मनीका भुतपुर्व अध्यक्षहरु, कमरेड सन्तोष भट्टराई, कमरेड खडग न्यौपाने, कमरेड नवराज रोस्यारालाई हार्दिक धन्यवाद भन्न चाहन्छु । यसै गरी जुमको माध्यमबाट अधिवेसन सफलताको शुभकामना दिनु हुने प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष भक्त गुरुङलाई बिशेष धन्यवाद भन्न चाहन्छु । कार्यक्रममा सुमधुर संगीतले भरपूर मनोरञ्जन पुर्याउनुहुने कमरेड खडग न्यौपाने, कमरेड लिलाराज कार्की, कमरेड देबि न्यौपाने, कमरेड पुर्णलक्ष्मी कार्की, जोर मादल बजाएर हामीलाई साथ दिनु हुने दाजु चन्द्र श्रेष्ठ, हार्मोनियम उपलब्ध गराउनु हुने टंक लम्साल लगायत सम्पुर्णमा हार्दिक धन्यवाद भन्न चाहन्छु।

कार्यक्रममा उपस्थित भई आफ्ना महत्वपूर्ण सुझावसहित शुभकामना मन्तब्य राख्नुभएका प्रबाशी नेपाली मंच जर्मनीका सस्थापक महासचिव तथा एनआरएनए ग्लोबलका निबर्तमान अध्यक्ष कमरेड कुमार पन्तलाई हार्दिक धन्यवाद भन्न चाहन्छु।
उपस्थित सम्पुर्णलाई मीठो नेपाली खाना खुवाउनु हुने नमस्ते नेपाल टिमका भगवान बस्नेत र बृहस्पति सापकोटालाई विशेष धन्यवाद, जस्ले रात दिनको मिहिनेतले मीठो खाना खुवाउनु भयो।
कार्यक्रम हल तथा बासस्थानको ब्यवस्थापन गरिदिनुहुने कमरेड कुमार पन्त र उहाँको टिमलाई हार्दिक धन्यवाद भन्न चाहन्छु। कार्यक्रमलाई भब्यताकासाथ सम्पन्न गर्न उपस्थित हुनु हुने हाम्रा मंचका साथीहरु लगायत एनआरएनए जर्मनीका भुतपुर्व तथा बर्तमान सम्पुर्ण साथीहरु, साथै अहोरात्र खटेर छैठो अधिवेसन सफलतापूर्वक आफ्नो दायीत्व पूरा गरी नया कमिटी निर्माण गरी कमिटी हस्तान्तरण गर्नुहुने निबर्तमान अध्यक्ष तथा उहाँले नेतृत्व गर्नु भएको सम्पुर्ण टीमलाई हार्दिक धन्यवाद भन्न चाहन्छु। अन्त्यमा म र मेरो टिमलाई बिश्वास गरी अधिवेसन हलबाट तपाईंहरुले दिनुभएको यो महत्त्वपूर्ण जिम्मेवारी तपाईंहरुको साथ सहयोग र सुझावले पूरा गर्ने सङ्कल्प र प्रतिबद्धता जनाउन चाहन्छु।

प्रतिक्रिया दिनुहोस्