एमाले विदेश विभाग प्रमुख डा. राजन भट्टराई एसिया-युरोप राजनीतिक फोरमको अध्यक्षमा निर्वाचित



काठमाडौं । एसिया-युरोप राजनीतिक फोरम (AEPF) को अध्यक्षमा नेकपा एमालेका विदेश विभाग प्रमुख तथा स्थायी कमिटी सदस्य डा. राजन भट्टराई निर्वाचित भएका छन् ।

चेक रिपब्लिकको राजधानी प्रागमा शनिवार सम्पन्न बैठकले एमाले नेता भट्टराईलाई आगामी दुई वर्षका लागि अध्यक्ष चयन गरेको हो। डा. भट्टराई अध्यक्षमा निर्वाचित भएपछि आगामी वर्षको एसिया-युरोप राजनीतिक फोरमको वार्षिक कार्यक्रम २०२३ अक्टोबरमा नेपालमा गर्ने निर्णय समेत भएको छ । वार्षिक कार्यक्रमको अवसर पारेर इन्टरनेशनल कन्फरेन्स अफ एसियन पोलिटिकल पार्टी (ICAPP Standing Committee ) को स्थायी कमिटी बैठक समेत नेपालमै आयोजना हुने भएको छ ।

विश्वभरका राजनीतिक दल सहभागी आइसीएपीपीमा यसअघि नेपालबाट पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका पूर्व अध्यक्षहरु केपी शर्मा ओली, झलनाथ खनाल र माधव नेपालले प्रतिनिधित्व गरिसकेका छन्। सामान्यतया नेकपा एमालेको विदेश विभाग प्रमुखको जिम्मेवारीमा रहने नेताहरु समेटिने सो संगठनमा नेकपा एमालेका विदेश विभाग प्रमुख डा. राजन भट्टराई निर्वाचित भएका छन् ।

पार्टीको स्थायी कमिटीमा प्रभावशाली नेताका रुपमा स्थापित डा. भट्टराई एसिया-युरोप राजनीतिक फोरमको अध्यक्ष बनेपछि उनको अन्तर्राष्ट्रिय छवि समेत बढ्दै गएको देखिन्छ।

प्रागममा भएको भेलामा करीव ३० देशका विभिन्न पार्टीका प्रतिनिधि सहभागी रहेको डा. भट्टराईले परिवर्तन खबरलाई बताए ।

यो पनि पढ्नुहोस् :

‘पानी सहितको धारा’ घर–घर पुर्‍याउने डा. राजन भट्टराईको बाचा पुरा हुँदै

डा. राजन भट्टराईलाई हस्पिटलको बेडमा हुँदा पनि विकासकै चिन्ता

नेवारी संस्कृति संरक्षणमा डा. राजन भट्टराई र शाक्यको प्रतिबद्धता

प्रतिक्रिया दिनुहोस्