बाल उद्धार माविले जेठ ३० सम्म मात्र भर्ना लिने !



काठमाडौं । नेपाल सरकारद्वारा नमूना विद्यालय घोषित बूढानीलकण्ठ १० स्थित बाल उद्धार माध्यमिक विद्यालयले शैक्षिक सत्र २०७९ को लागि यही जेठ ३० सम्म मात्र भर्ना लिने भएको छ ।

विद्यालयका प्रधानाध्यापकद्वारा जारी सूचनामा विद्यालयले यसअघि जेठ २५ गतेसम्म तोकेको भर्ना समयसीमाभित्र विद्यालयका पुराना विद्यार्थीहरुले आफ्नो नाम अद्यावधिक नगरेको कारण नयाँ सूचना प्रकाशित गरेको छ ।

जेठ ३० पछि कुनै पनि कक्षामा नयाँ भर्ना नलिने र भर्नाको लागि जनप्रतिनिधि तथा राजनीतिक नेता मार्फत दवाव नदिन समेत सूचनामा उल्लेख गरिएको छ ।

बूढानीलकण्ठ नगरपालिकाको एकमात्र नमूना विद्यालय बाल उद्धार माविमा निजी विद्यालयबाट ३०० भन्दा बढी विद्यार्थीहरुले यही शैक्षिक सत्रमा भर्ना लिएको विद्यालय प्रशासनले जनाएको छ ।

विद्यालयद्वारा जारी सूचना !

प्रतिक्रिया दिनुहोस्