बूनपा १३ मा बजेट छनौट तथा अन्तरक्रिया कार्यक्रमको शुरुवात



काठमाडौं । बूढानीलकण्ठ नगरपालिका वडा नं. १३ स्तरीय २०७९/८० को बजेट  छनौट तथा अन्तरक्रिया कार्यक्रम जेठ १८ देखि गाम्चा गाउँबाट सुरु गरिएको छ ।

बिभिन्न टोल गाउँमा आवश्यक बजेट छनौट मार्फत टोलवासीसँगै अन्तरक्रिया गरी ‘आफ्नो गाउँ आफ्नै सोचबाट आँफै बनाउने’ उद्देश्य सहित छलफल तथा अन्तरक्रिया कार्यक्रमलाई समेत प्रभावकारी बनाईएको वडाध्यक्ष टिका नारायण श्रेष्ठ (टिकेश) ले बताए ।

प्रतिक्रिया दिनुहोस्