बूनपा १३ मा ‘उद्यमी नगर अभियान’को शुरुवात : वडाध्यक्ष श्रेष्ठद्वारा मेशिन हस्तान्तरण



काठमाडौं । टुपेक नयाँ जागरण महिला समूह र करुणा महिला समूह नयाँबस्तीलाई बूढानीलकण्ठ वडा नं. १३ को सहयोगमा महिला उद्यमशीलता अन्तर्गत प्लेट तथा चिप्स बनाउने मेशिन हस्तान्तरण गरिएको छ ।

वडाध्यक्ष टिका नारायण श्रेष्ठ, निवर्तमान अध्यक्ष श्रीकृष्ण श्रेष्ठ र कार्यपालिका सदस्य रिना श्रेष्ठले संयुक्त रुपमा महिला समूहका अध्यक्ष अनुजा श्रेष्ठ र भावना केसीलाई मेशीन हस्तान्तरण गरेका हुन् ।

वडा कार्यालयले ५० प्रतिशत अनुदानमा उपलब्ध गराएको चिप्स तथा प्लेट बनाउने मेशीनले स्थानीय महिलाहरुलाई रोजगारी अवसर सिर्जना गरी आम्दानी बृद्धि गर्न सहयोग पुग्ने नवनिर्वाचित वडाध्यक्ष श्रेष्ठले परिवर्तन खबरलाई बताए ।

यो पनि पढ्नुहोस्

युवाका आशा र चुनिखेलका भरोषा : दानवीर टिकेश नारायण श्रेष्ठ

वडाध्यक्ष श्रेष्ठकाे पहलमा ‘सफा बूढानीलकण्ठ, हरित बुढानिलकण्ठ’ को शुरुवात

प्रतिक्रिया दिनुहोस्