वडाध्यक्ष श्रेष्ठकाे पहलमा ‘सफा बूढानीलकण्ठ, हरित बुढानिलकण्ठ’ को शुरुवात



काठमाडौं । बूढानीलकण्ठ नगरपालिका वडा नं. १३ का वडाध्यक्ष टिकेश नारायण श्रेष्ठले आफ्नो व्यक्तिगत पहलमा वडा कार्यालय र मूल सडक छेउछाउ प्लान्ट सहितको गमला राखेका छन् ।

बूढानीलकण्ठ नगरपालिकाको अभियान ‘सफा बूढानीलकण्ठ, हरित बुढानिलकण्ठ’ लाई मध्यनजर गर्दै अध्यक्ष श्रेष्ठले करिव नब्बे हजार बराबरको ठुलो सेतो गमला  १८ वटा, ठूलो माटो गमला ४ वटा, सानो गमला १० वटा, प्लान्टमा ठूलो धुपी ४ वटा, ठूलो पाम २४ वटा, ठूलो बेकम्बली ३ वटा, सानो फूल १० वटा उपलब्ध गराएका हुन् ।

स्थानीय तह निर्वाचनको मत परिणाम अगावै वडाबाट पाउने सेवासुविधालाई जनसेवामै लगाउने उद्घोष गरेका श्रेष्ठले वडावासीहरुमा सफा, सुन्दर र वातावरणमैत्री चुनिखेलका निम्ती आफ्नो घर आँगनबाट नै सरसफाई अभियान सुरु गर्नुपर्ने  बताए । साथै सम्पूर्ण वडावासीहरुलाई सधै आफ्नो घर आँगन सफा सुन्दर राख्नको लागि समेत अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्