इच्छुक र शक्ति तारा स्मृति पत्रकारिता पुरस्कारबाट चार जना पुरस्कृत , इच्छुक स्मृतिको २१ औ दिवस



कृष्ण सेन‘इच्छुक’ स्मृति पत्रकारिता पुरस्कार (२०७९) र शक्ति तारा स्मृति पत्रकारिता पुरस्कार (२०७८) बाट चारजना पत्रकार पुरस्कृत भएका छन्। इच्छुक स्मृतिको २१ औ दिवसको उपलक्ष्यमा चारजना पत्रकारलाई प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रदान गरेका हुन्।

कृष्ण सेन‘इच्छुक’ स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार गोविन्द आचार्य र महेश्वर दाहाल पुरस्कृत भएका छन्। यस्तै शक्ति तारा स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार बलराम थापा र लक्ष्मी पुन पुरस्कृत भएका छन्। यस्तै इच्छुक जस्तै त्याग र समर्पणको भाग सबै पत्रकार र साहित्यकार हुनुपर्ने अध्यक्ष प्रचण्डले बताए ।

‘इच्छुक अवसर दिँदा अहिलै अघि सर्नु भएन। बरु अरुलाई नै अघि सार्नुभयो’ प्रचण्डले भने, ‘क्षमता र व्यक्तिको वजले सबैलाई थिच्थ्यो। उहाँ (इच्छुक) विचार र लाइनमा प्रतिवद्ध हुनुहुन्थ्यो। अहिले उहाँको अभाव खड्किरहेको छ।’

प्रतिक्रिया दिनुहोस्