काठमाडौंबासीको मतलाई मेरो अठोट पुरा गर्ने बलियो सहाराको रुपमा , सुनिता डंगोल



काठमाडौं महानगरपालिकाकी नवनिर्वाचित उपमेयर सुनिता डंगोलले काठमाडौंबासीको मतलाई आफ्नो अठोट पुरा गर्ने बलियो सहाराको रुपमा लिएको बताएकी छिन् ।​ उपमेयरमा निर्वाचित भएपछि मतदातालाई धन्यवाद दिँदै उनले जितको उत्साहभन्दा पनि जिम्मेवारी महसुस गरेको बताइन् ।

उनले भनिन्, ‘तपाईहरुले मलाई विश्वास गरेर हरेक मतपेटिकामा खसालेको मतलाई मैले मेरो पाँच वर्षको कार्यकालका लागि दिएको कार्यभारका रुपमा ग्रहण गरेकी छु ।’ काठमाडौंबासीको विश्वासलाई शिरमा राखेर शासक नभइ सेवकमा रुपमा काम गर्ने डंगोलको प्रतिवद्धता छ । उनले हार जितको मनोविज्ञानलाई त्यागेर अब काठमाडौंको विकास र समृद्धिका लागि सहकार्य, सहमति र सहअस्तित्व सिद्धान्तलाई अघि बढाउने बताइन् ।

युवाहरुको आशाको दियोलाई मर्न नदिने भन्दै आफ्नो सपनालाई सबैको साझा बनाउन साथ सहयोग र समर्थन चाहिने डंगोलले बताइन् ।

प्रतिक्रिया दिनुहोस्