बूढानीलकण्ठमा नगरप्रमुख र उप-प्रमुखलाई कर्मचारीहरुबाट स्वागत



बूढानीलकण्ठ । बूढानीलकण्ठ नगरपालिकाका कर्मचारीहरुले नवनिर्वाचित नगर प्रमुख र उप-प्रमुखलाई स्वागत गरेका छन् । नवनिर्वाचित नगर प्रमुख मिठाराम अधिकारी र उप-प्रमुख अनिता लामालाई नगर कार्यपालिकाको कार्यालयमा एक विशेष भेला आयोजना गरिएको हो।

प्रमुख प्रशासकिय अधिकृत भुवनेश्वर लामिछाने, प्रशासकीय अधिकृत केदार खड्का लगायत सम्पुर्ण महाशाखा तथा शाखा प्रमुखहरुले फुलमाला र खादा सहित स्वागत गरेका हुन् ।

सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख मिठाराम अधिकारीले नगरपालिकाको सुशासन कायम राख्न प्रशासनिक सकृयता निकै महत्वपुर्ण रहेकोले यसको प्रभावकारीतालाई निरन्तरता दिन सबै तहबाट सहयोग र सहकार्य गर्दै लैजानेमा जोड दिएका थिए । उनले कर्मचारीहरुको कार्य सम्पादनलाई उच्च मुल्याङ्कन गरी उत्कृष्टलाई पुरस्कृत गर्ने र नराम्रोलाई कारवाही गर्ने समेत बताए।

नगर उप-प्रमुख अनिता लामाले आफु जनप्रतिनिधि भएर प्रवेश गरिरहदाँ नगरवासिहरुको काम र समस्यालाई सहज बनाउनु नै आफ्नो कर्म र धर्म दुवै भएको बताएकी थिईन।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भुवनेश्वर लामिछानेले नगरको प्रशासनिक कार्यहरुमा भएका उपलब्धि विवरण प्रस्तुत गर्दै सुशासन उन्मुख प्रशासनिक सेवा प्रदान गर्नको लागि आफ्नो टिम निरन्तर लागि परिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्