नवनिर्वाचित जनप्रतिनिधिलाई बाल उद्धार माविको बधाई तथा सम्मान ! (फोटो फिचर)



काठमाडौं । बूढानीलकण्ठ नगरपालिका वडा नं. १०, कपन मिलनचोक स्थित बाल उद्धार माध्यमिक विद्यालयले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा सम्मान गरेको छ ।

विद्यालयले गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा निर्वाचित नगरप्रमुख, उपप्रमुख सहित बूढानीलकण्ठ नगरपालिका वडा नं. १०, ११ र १२ नं. का जनप्रतिनिधिहरुलाई सम्मान गरेको हो । सम्मानित हुनेमा नगरप्रमुख मिठाराम अधिकारी, नगरउपप्रमुख अनिता लामा, बूनपा १० का वडाध्यक्ष नवराज भट्टराई, सदस्यहरु चन्द्रमान श्रेष्ठ, रिता दाहाल, देवी रेग्मी, दिल कुमारी बि.क. रहेका छन् ।  त्यस्तै बूनपा ११ बाट वडाध्यक्ष राजु अधिकारी, सदस्यहरु शर्मिला गौतम केसी, गंगा परियार, राजेन्द्र कुमार अधिकारी, समर गुरुङ र बूनपा १२ बाट वडाध्यक्ष शम्भुप्रसाद भट्टराई, सदस्यहरु शान्ता ढकाल (पुडासैनी), ईश्वरी खतिवडा (भट्टराई), मिना बयलकोटी, डिल्लीप्रसाद खतिवडा पनि सम्मानित भएका छन् ।

संविधानसभा सदस्य तथा परराष्ट्रविद् डा. राजन भट्टराईको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा त्रिभुवन विश्वविद्यालय कन्फ्युसीयस ईन्स्टिच्युटका डाईरेक्टर प्रा.डा. लिउ युमिङ्ग, प्रा.डा. बाल मुकुन्द रेग्मी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, स्थानीय अभिभावक तथा संचार माध्यमका प्रतिनिधि, विद्यालयका शिक्षकशिक्षिका तथा चिनियाँ प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो । बधाई तथा सम्मान कार्यक्रमको संचालन विद्यालयका सहायक प्रधानाध्यापक राजन रेग्मीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्