फोटो कथामा बूढानीलकण्ठका जनप्रतिनिधिहरुको सपथ ग्रहण



काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले जिल्ला न्यायधीश एवम् काठमाडौं जिल्ला मुख्य निर्वाचन अधिकृत राजु कुमार खतिवडा समक्ष सपथ लिएका छन् । त्यस्तै नगर उपप्रमुख अनिता लामाले बूढानीलकण्ठ नगरपालिकाको प्राङ्गणमा आयोजित एक औपचारिक कार्यक्रममा नगरप्रमुख अधिकारीबाट सपथ लिएका छन् ।

नवनिर्वाचित वडाध्यक्ष तथा उपस्थित सदस्यहरूले समेत नगरप्रमुख अधिकारीबाटै सपथ ग्रहण गरेका छन् । कार्यक्रममा निर्वाचित जनप्रतिनिधिलाई सम्मानसहित प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचन २०७९ बाट निर्वाचित बूढानीलकण्ठका ६७ जनप्रतिनिधीहरूले सोही दिनबाटै आफ्नो कार्यभार सम्हाली सकेका छन् ।

कार्यक्रममा निवर्तमान नगरप्रमुख उद्धव प्रसाद खरेल, उपउप्रमुख रमा देवी राई, प्रमुख प्रशासकीय भुवनेश्वर लामिछाने र नगरपालिकाका कर्मचारीहरूले प्रमुख मिठाराम अधिकारी र उपउप्रमुख अनिता लामालाइ बूढानीलकण्ठ नगर कार्यपालिकाको कार्यालयमा स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्