पदभार ग्रहण गरे लगत्तै जेष्ठ नागरिकहरुलाई घरमै बृद्ध भत्ता वितरण गर्दै वडाध्यक्ष श्रेष्ठ



काठमाडौं । बूढानीलकण्ठ नगरपालिका वडा नं. १३ का अध्यक्ष टिका नारायण श्रेष्ठ (टिकेस) ले आफ्नो कार्यकालको शुरुवात वडाका जेष्ठ नागरिकहरुलाई घरमै पुगेर बृद्ध भत्ता वितरण गर्दै गरेका छन् ।

गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा वडा नं  १३ को अध्यक्षमा उम्मेद्वार हुँदा गरेको घोषणा अनुसार उनले घर–घरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेका हुन् ।

अध्यक्ष श्रेष्ठले पदभार ग्रहण गरे लगत्तै घर–घरमा भता पुर्याउने काम सुरु गरेको जानकारी दिदै जेष्ठ नागरिकहरु मन्दिरका भगवान रहेको र मन्दिरका भगवानकोमा आफैं जाने हो वहाँहरु आउने होइन भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्