बूढानीलकण्ठका जनप्रतिनिधिलाई ‘बालकोट’ मै सम्मान



काठमाडौं । बूढानीलण्ठ नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नै निवासमा निमन्त्रणा गरी सम्मान गरेका छन् ।

बूढानीलकण्ठ नगरपालिकाका १३ मध्ये १० वडामा अध्यक्ष जित्दै उपत्यकामै सबैभन्दा बढी लोकप्रिय बनेको नेकपा एमालेबाट निर्वाचित नगरप्रमुख मिठाराम अधिकारी, उपप्रमुख अनिता लामा, वडाध्यक्षहरु, अन्य जनप्रतिनिधिहरु र स्थानीय पार्टी कमिटीका नेताहरुलाई बालकोटमा खादा र टिका लगाई अध्यक्ष ओलीले बधाई दिएका छन् ।

भेटमा अध्यक्ष ओलीले नगरप्रमुख अधिकारीलाई जनताको विश्वास र भरोषालाई उच्च राख्दै जनहितमा आफूलाई समर्पित गर्न सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्