एक महानगरसहित ६८३ पालिकाको मतगणना सकियो, कुन दलले कति जिते ?



काठमाडौँ । गत वैशाख ३० गते भएको स्थानीय तह चुनावको मतपरिणाम आउने क्रम अन्तिम चरणमा छ । यो समाचार तयार पार्दासम्म १ महानगरसहित ६८३ पालिकाको मतपरिणाम सार्वजनिक भएको छ ।

७५३ पालिकामध्ये ५ महानगर र ६ उपमहानगरसहित अरू बाँकी पालिकामा मतगणना जारी छ । परिणामअनुसार ३०४ स्थान जितेर कांग्रेस पहिलो स्थानमा देखिएको छ । दोस्रोमा रहेको एमालेले १८६, माओवादी केन्द्रले ११६ पालिका प्रमुख जितेको छ ।

जनता समाजवादी पार्टीले २३, नेकपा एकीकृत समाजवादीले १७ र लोकतान्त्रिक समाजवादी पार्टीले १० स्थानमा जित हात पारेको निर्वाचन आयोगले जनाएको छ । राप्रपा, नेपाल लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टीलगायतले २७ स्थानमा जितेका छन् ।

प्रतिक्रिया दिनुहोस्