एकीकृत समाजवादीकी लामाले १८५३ मतले अगाडि



हेटौडा उपमहानगरपालिकाको मेयर पदमा नेकपा एकीकृत समाजवादी पार्टीकी उम्मेदवार मीना कुमारी लामाले अग्रतालाई जारी राखेकी छन् । उनले १८५३ मतले अग्रता कायम गर्दा राप्रपाका दीपक बहादुर सिंह तेस्रो स्थानमा रहेका छन् ।

यस्तै एमालेका मेयर उम्मेदवार अनन्त पौडेल दोस्रो स्थानमा रहेका छन् । अनन्त पौडेलले १८५३५ पाएका छन् । यस्तै मीनाले २०३८८ मत पाएर पहिलो स्थानमा हुँदा तेस्रोमा रहेका दीपक सिंहले १७८८३ मत पाएका छन्। हेटौंडामा ६४ हजार ४६९ मत गणना सकिएको छ।

प्रतिक्रिया दिनुहोस्