बालेनले कटाए २६ हजार मत, उपमेयरतर्फ सुनिता अग्रस्थानमा



काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाको प्रमुखका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहकाे मत २६ हजार नाघेको छ । पछिल्लो मतपरिणामअनुसार उनले २६ हजार ५९१ मत प्राप्त गरेका छन् ।

उनका निकटतम् प्रतिस्पर्धी एमालेका केशव स्थापितले १४ हजार १६५ मत ल्याएका छन् । यस्तै सत्तारुढ गठबन्धनकी उम्मेदवार सिर्जना सिंह १३ हजार ५६२ मतका साथ तेस्राे नम्बरमा छिन् ।

उपप्रमुखतर्फ एमालेकी सुनिता डंगोलले २६ हजार ५७५ मत ल्याएकी छन् । एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ८ हजार ५९१ मत पाएका छन् ।

आज बिहानसम्म काठमाडाैँमा ७० हजार ३८९ मत गनिसकिएको छ ।

प्रतिक्रिया दिनुहोस्