विराटनगरको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले जित नजिक



विराटनगर । विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसले अग्रता कायम राखेको छ । विराटनगर महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका नागेश कोइरालाले २३२६९ मत प्राप्त गर्दा उनलाई नेकपा एमालेका सागरकुमार थापाले पछ्याउँदै १७३३९ मत प्राप्त गरेका छन् ।

कोइराला र थापाको मतान्तर ५९३० मत रहेको निर्वाचन कार्यालयले जनाएको छ । प्रमुखमा स्वतन्त्र उम्मेदवार उमेशकुमार यादवको लालटिनले ७ हजार ७२ मत प्राप्त गरेको छ ।

उपप्रमुखमा नेकपा एमालेकी शिल्पा निराला कार्कीले २० हजार १४५ मत ल्याउँदा गठबन्धनका उम्मेदवार जसपाका अमरेन्द्र यादवले ११ हजार ४४३ मत प्राप्त गरेका छन् । राप्रपाकी विन्दाकुमारी लुइँटेल आचार्यले ५ हजार ३८२ मत ल्याएकी छिन् । उपप्रमुखमा कार्कीले ८७०२ मतको अन्तरले यादवलाई पछाडि पारेकी छिन् ।

विराटनगर महानगरपालिकाको वडा नम्बर १, २, ३, १४ र १९ एमालेले विजयी भएको छ भने, वडा नम्बर ५, ७, १५ र १६मा नेपाली कांग्रेस विजयी भएको छ ।

त्यस्तै वडा नम्बर १३ मा राप्रपा, वडा नम्बर १७ मा जसपा विजयी हुँदा वडा नम्बर १८मा स्वतन्त्र निर्वाचित भएका छन् । अहिले वडा नम्बर ४, ६, ८, ९, १०, ११ र १२ वडाको मत गणना जारी छ । विराटनगरमा ८९७८९ मत खसेको छ ।

प्रतिक्रिया दिनुहोस्